कञ्चनपुरका पत्रकारद्वय पक्राउ

एउटा समाचारको विषयलाई लिएर कञ्चनपुर प्रहरीले दुई पत्रकारलाई नियन्त्रणमा लिएको छ ।

दैनिक मानसखण्डका सम्पादक/प्रकाशक खेम भण्डारी र गणेश भट्टलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
समाचारका विषयमा प्रहरीमा दर्ता गरिएको उजुरीका आधारमा प्रहरीले केही सार्वजनिक ऐन अन्तर्गत पत्रकारद्वयलाई पक्राउ गरेको जानकारी गराएको छ ।

पक्राउको नियत असल देखिएको छैन, घटनालाई नजिकबाट नियालेर रिहाइका लागि पहल गरिरहेका नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले नेपालगन्जन्यूजसँग भने, पक्राउ विरुद्ध कञ्चनपुरका पत्रकारहरु जिल्ला प्रहरी कार्यालय अगाडी आन्दोलनका लागि तम्तयार छन् ।

प्रेस काउन्सिलले गर्ने काम प्रहरीले गर्न मिल्दैन, महासंघका सुदूरपश्चिम क्षेत्रीय संयोजक प्रकाश विक्रम शाहले थुनामा रहेका भण्डारी र भट्टलाई भेट गरेपछि भने, प्रहरीले गरेको बदमासी विरुद्ध महासंघ आन्दोलित हुन्छ र न्यायिक उपचारमा पनि अगाडी बढ्छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष रहिसकेका वरिष्ठ पत्रकार भण्डारी सामुदायिक रेडियो प्रसारक संघका महासचिव समेत भैसकेका छन् । घटनालाई लिएर देशभरीका पत्रकारहरुले आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल मार्फत घटनाको देशभर निन्दा गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया