भोट हाल्न सिकाउँदै चुनाव प्रचार

बाँकेका राजनीतिक दलहरुले घरदैलोका क्रममा नमूना मतपत्र लिएर मतदाता माझ पुग्ने गरेका छन् ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा ठूलो मात्रा मतपत्र बदर भएपछि बाँकेका राजनीतिक दलहरु आफ्ना मत खेर नजाउन् भनेर मतपत्र नै लिएर मतदाता माझ पुग्ने गरेका हुन् ।

मतदाता सँग मत माग्न मात्र होइन मत हाल्न समेत घरघरमा पुगेर सिकाउने गरेका छौें, एमाले बाँकेका जिल्ला कमिटि सदस्य केश कुमारी भुषालले भनिन् ।

शुक्रबार विहान नेकपा एमालेले कोहलपुर नगरपालिकाको वडा नंं २ बर्दहवामा मतदाता शिक्षा सहित घरदैलो कार्यक्रम आयोजना गरेको छ ।

साँस्कृतिक कार्यक्रम सहित घरदैलोका क्रममा प्रमुख पदका उम्मेदवार लुट बहादुर, उपप्रमुख पदका उम्मेदवार कृष्णा कुमारी चौधरी र २ नं. वडाका अध्यक्ष पदका उम्मेदवार कर्ण बहादुर बिसी लगायतका उम्मेदवारहरुले मतदाताको घरदैलोमै पुगेर मत मागेका थिए ।

घरदैलोमा क्षेत्र नं. १ का सांसद देवराज भार, कोहलपुर नगर अध्यक्ष बसन्ती अधिकारी, जिल्ला कमिटि सदस्य केश कुमारी भुषाल लगायत पार्टी, नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया