‘कौशिलानगरलाई लालपूर्जा दिलाउँछु’–भट्टराई

कोहलपुर, असार १
बाँकेको कोहलपुर नगरपालिकाका नेपाली काँग्रेसबाट मेयरका उम्मेद्वार भानुभक्त भट्टराईले कोहलपुर–१ कौशिलानगरका जनतालाई आफु निर्वाचित भएको छ महिना भित्रमा लालपुर्जा दिने बताएका छन् ।
चुनाव प्रचारप्रसारका क्रममा कौशिलानगर पुगेका उम्मेदवार भट्टराईले भावुक हुँदै कौशिलानगरका जनतालाई लालपूर्जा दिनु आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।
भट्टराईकै पहलमा २०३७ सालमा बस्ती बसेको कौशिलानगरमा विभिन्न चरणमा नापीको पहल भएता पनि हालसम्म लालपुर्जा वितरण हुन सकेको छैन । भट्टराईकै आमा कौशिलाको नाम नामाकरण बस्ती भएकोले भट्टराईले स्थानीयलाई भने–‘कौशिलानगर मेरी आमा हो, अब म मेरी आमालाई धेरै दिनसम्म रुवाउँदिन् ।’
घरदैलोको क्रममा कौशिलानगर पुगेका भट्टराईलाई स्थानीयले बस्ती बसाउन पहल गरेझैं लालपूर्जा दिलाउन पनि पहल गरिदिन सुझाएका थिए ।
स्थानीय मतदातासँग कुराकानी गर्दै भट्टाराईले आफु मेयरमा निर्वाचित भएमा छ महिना भित्र कौशिलानगरमा लालपुर्जा वितरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।
घरदैलो अभियान पछि कोण सभालाई सम्बोधन गर्दै भट्टराईले समग्र कोहलपुरको भौतिक पुर्वाधारको विकास, सडक सञ्जालको विस्तार, विद्युत विस्तार तथा जनतालाई स्वच्छ पिउनेपानी र स्वास्थ्य सेवा उपलब्ध गराउने आफ्नो उद्देश्य रहेको बताए । जसका लागि नेपाली काँग्रेसलाई अत्याधिक मत दिएर विजय बनाउन भट्टराईले आग्रह गरे । कार्यक्रममा नेकपा एमाले र माओवादी केन्द्र परित्याग गरी ३१ जनाले  नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
फाेटाे ः राम बहादुर रावत

प्रतिक्रिया

प्रतिक्रिया