सुरुङ खनेर भाग्ने प्रयास असफल भएपछि कैदीद्वारा आत्महत्या

सुरुङ खनेर भाग्ने प्रयास असफल भएपछि बिहीबार विहान नेपालगन्ज कारागारमा रहेका एक थुनुवाले आत्महत्या गरेका छन् ।

पासो लगाएर आत्महत्या गरेका नेपालगन्जका अरबिन्द कुमार बर्माले सुरुङ खनेर भाग्ने प्रयास असफल भएपछि थप कारवाहीको डरले आत्महत्या गरेको हुनसक्ने कारागार प्रमुख श्याम लामिछानेले बताएका छन् ।

बर्माले जेलको पर्खाल नजिक १ फुट खनिसकेको भेटिएको प्रमुख लामिछानेले बताए । बर्माले विहान ५ बजे कैदी गन्तीमा सहभागी भैसकेपछि आत्महत्या गरेका थिए । बर्मा जबर्जस्ती करणी मुद्दामा गत चैत्र देखि थुनामा रहेका बर्माले पनियोलाई खन्ने औजारका रुपमा भेटिएको नेपालगन्ज कारागारले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया