नेपालगन्जको चुनावी चहलपहल [फोटो फिचर]

शब्द/तस्विर : बिशाल रानामगर
बुधबारको दिन राजनीतिक दलहरुका लागि दोस्रो चरणको निर्वाचनको मिति सार्ने नसार्ने छलफलका लागि व्यस्त रह्यो । यता नेपालगन्जमा भने बिहानैदेखि राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरु सडकमा उत्रिएर बन्द गरे । तर साँझ ६ बजे पछि मधेसी तथा मुस्लिम समुदायको बाहुल्यता रहेको त्रिभुवनचोक क्षेत्र जाँदा त्यहाँको वातावरण भने फरक देखियो ।
विपिचोकबाट पूर्व त्रिभुवनचोक छिर्ने बाटो देखिनै विभिन्न राजनीतिक दलका चुनाव चिन्ह अंकित तुलहरु बाटो वारपार हुने गरी टाँगिएका छन् । त्रिभुवन चोक आसपासमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा नेपाल, संघीय समाजवादी फोरम, मधेसी जनअधिकार फोरम लोकतान्त्रित लगायतका दलहरुको प्रचारप्रसार कार्यालय खुलेका छन् ।
बाटोमा भेटिने मान्छेहरु कुनै न कुनै पार्टीको चुनावचिन्ह अंकित टिसर्ट लगाएका भेटिन्छन् ।
अझ सौन्दर्य सामाग्री, खाद्यान्नलगायतका बस्तु खरिदका लागि चर्चित एकलैनी आसपासका गल्लीहरुमा चुनावको राम्रै सरगर्मी देख्न सकिन्छ । हरेक बाटोहरुमा विभिन्न राजनीतिक दलका पताकाहरु टाँगीएका छन् । चिया पसलदेखि घरघरमा कसले जित्ला वा हार्ला भन्ने छलफल हुन थालेको छ ।
चुनावको मितिलाई लिएर राजधानीमा सत्तासाझेदार र असन्तुष्ट मधेसवादी दलबिच छलफल चलिरहेको छ । यता नेपालगन्ज लगायत दोस्रो चरणको निर्वाचनका लागि अन्य जिल्लाहरुमा पनि तिव्र गतिमा तयारी भइरहेको छ । नेपालगन्जका स्थानीयहरु भने असन्तुष्ट दल र सरकारबिच छिट्टै सहमति भई जनताले निर्धक्क आफ्नो मताधिकार प्रयोग गर्न पाउनु पर्नेमा जोड दिन्छन् ।
१. त्रिभुवनचोक नजिक सडक वारपार हुने गरी राखिएका राजनीतिक दलका पताकाहरु ।
२. त्रिभुवनचोक पूर्व लाइनमा रहेको संघीय समाजवादी फोरमको प्रचार प्रसार कार्यालय ।
३. त्रिभुवनचोक पूर्व लाइनमा रहेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)को प्रचार प्रसार कार्यालय
४. त्रिभुवनचोक पूर्व लाइनमा नेपाली काँगे्रस क्षेत्रीय कार्यसमितको निर्वाचन प्रचार प्रसार तथा सम्पर्क कार्यालय
सन्चालन सभालाई सम्बोधन गर्दै काँग्रेस बाँकेका पूर्व सभापति सनत रेग्मी ।
५. राजनीतिक दलका निर्वाचन चिन्ह अंकित तुलहरु टांगीएको एकलैनी भित्रको सडक ।
६. एकलैनीमा देखिएको चुनावी माहोल ।
७. बाटो वारपार हुनेगरी टांगीएका राजनीतिक दलका झण्डाहरु ।
८. नेपालगन्ज बाट राप्ती सोनारी जाने बाटोमा रहेको कैप हाउस । जहाँ विभिन्न राजनीतकि दलका झण्डासमेत बनाउने गरिन्छ ।
९. एकलैनी भित्रको गल्लीमा पाकिस्तान र इंगल्याण्ड बिचको क्रिकेट म्याच हेर्दै स्थनीयहरु । म्याच हेर्ने कोठाको भित्तामा समेत नेपाली काँग्रसको झण्डा टाँगिएकाले क्रिकेटसँगसँगै चुनावी माहोल देख्न सकिन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया