नेपाली काँग्रेसले बाँकेका सबै तहमा प्रमुख तथा उपप्रमुखको टुंगो लगाएको छ ।
काँग्रेसले नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा डा. सुरेश कुमार कनोडिया र उपप्रमुखमा उमा थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कोहलपुर नगरपालिकाको प्रमुखमा भानुभक्त भट्टराई र उपप्रमुखमा सञ्जुकुमारी थारु, राप्ती सोनारी गाउँपालिकामा प्रमुखमा लाहुराम थारु र उपप्रमुखमा धनिकुमारी खत्रीलाई उम्मेदवार बनाउने निर्णय भएको पार्टी सम्बद्ध स्रोतले जनाएको छ ।
बैजनाथ गाउँपालिका प्रमुखमा देवबहादुर खत्री, उपप्रमुखमा भावना चौधरी, खजुरा गाउँपालिका प्रमुखमा नक्की खाँ र उपप्रमुखमा अध्यक्ष दीपा आले लाई उम्मेदवार बनाउने टुंगो काँग्रेसले लगाएको हो ।
नरैनापुरमा रामचन्द्र मौर्य प्रमुख, अतिकुल निशा उपप्रमुख, डुडुवामा नरेन्द्र चौधरी प्रमुख, उपप्रमुखमा सायदा बानो, जानकी गाउपालिकामा छब्बा खाँ प्रमुख तथा रामप्यारी यादव उपप्रमुख पदको उम्मेदवार बनाउने निर्णय भएको पार्टी सम्बद्ध स्रोतले जनाएको छ ।