सीमामा संयुक्त सुरक्षा गस्ती

आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर जिल्ला सुरक्षा समिति बाकेले बनाएको निर्वाचन केन्द्रित रणनीति लागु गरिएको छ ।

त्यसक्रममा नेपाल–भारत सीमानामा संयुक्त सुरु गरिएको बाके प्रहरीले जनाएको छ । बाके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेक प्रसाद राईका अनुसार, प्रमुख जिल्ला अधिकारी रविलाल पन्थको नेतृत्वमा भएको संयुक्त सुरक्षा गस्तीसगै त्यस क्षेत्रको स्थलगत अवस्थाबारे ‘जायजा’ लिइएको हो ।

सशस्त्र प्रहरी उपरीक्षक राजु अधिकारी, भारतीय एसएसबीका निरीक्षक जगदीश जवार सहित ५३ जना सुरक्षाकर्मीको संयुक्त टोलीले नेपालगन्ज–१५ जमुनाह स्थित ३१ नम्बर देखि ३३ नम्बर पिल्लर सम्म पैदल गस्ती गरेको थियो ।

‘मंगलबारबाट विशेष सुरक्षा परिचालन सुरु भएको छ’, प्रहरी उपरीक्षक राईले दैनिक नेपालगन्जसग भने, ‘अब संयुक्त रुपमा नियमित र आकस्मिक सुरक्षा गस्ती हुनेछ ।’ आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई लिएर नेपाल–भारतका सबैजसो नाकामा सुरक्षा चेकजा“चमा कडाई गर्न थालिसकिएको छ ।

सामान्यतया नेपाल–भारत सीमा स्थित नाकाहरुमा मासिक २ पटक संयुक्त गस्ती गर्ने र सीमा अपराध नियन्त्रण गर्ने गरिंदै आएको छ । ‘तर, निर्वाचन केन्द्रित सुरक्षा रणनीति अन्तर्गत नियमित र आकस्मिक गस्ती तथा चेकजाच तिव्र पारिनेछ’, प्रहरी उपरीक्षक राईले भने ।

विहानै जमुनाह पुगेका प्रमुख जिल्ला अधिकारी पन्थ, प्रहरी प्रमुख राई र सशस्त्र प्रहरी उपरीक्षक राजु अधिकारीले भारतीय एसएसबी टोलीलाई स्वागत गरेका थिए । केही दिनअघि भएको संयुक्त सुरक्षा बैठकबाट नेपाल–भारतको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने कुरालाई जोड दिइएको थियो ।

मतदानको ४८ घण्टा अगाडी पूर्ण रुपमा नेपाल–भारत सीमा शिल गर्ने सहमति पनि गरिएको छ । त्यसअघि अपराधिक पृष्ठभूमिका व्यक्तिहरुमाथि निगरानी बढाउने, सूचना आदानप्रदान गर्ने, सीमामा हुने अवैध क्रियाकलाप नियन्त्रण गर्ने लगायत सहमति भएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया