क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगन्ज रगत अभाव भएपछि आव्हान गरेको रक्तदान पछि दैनिक जसो रक्तदान कार्यक्रम आयोजना हुन थालेका छन् । ‘दैनिक जसो रक्तदान हुने थालेका छन्’, यसले रगतको अभाव टर्दै गएको छ’, केन्द्रले भनेको छ । यद्यपि, रगत खपत भैरहेकाले नियमित रक्तदान कार्यक्रम आवश्यक रहेको केन्द्रले बताएको छ ।
शनिबार भएको दुई छुट्टाछुट्टै रक्तदान कार्यक्रममा १ सय १६ पिन्ट रगत संकलन भएको छ । रक्तसञ्चार केन्द्रले रगत अभाव भएकाले रक्तदान कार्यक्रम आयोजना गर्न आव्हान गरिरहेको बेला जनमत अद्र्ध साप्ताहिक र नेपाल तरुण वडा कार्यसमिति कारका“दोले रक्तदान कार्यक्रम आयोजना गरेका हुन् ।
जनमत अद्र्ध साप्तहिकले आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ पिन्ट रगत संकलन भएको छ । रक्तदान कार्यक्रमका संयोजक पवन जायसवालले ‘जनमत’ अद्र्धसाप्ताहिक ३६ औं वर्ष प्रवेशको अवसर पारेर आयोजित रक्तदान कार्यक्रममा ७ जना महिला सहित ५३ जनाले रक्तदान गरेको जानकारी दिए ।
‘रगत अभावमा कुनै पनि बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्यले त्रैमासिक रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएका छौं’, पत्रिकाका सम्पादक पूर्णलाल चुकेले भने, ‘हालसम्म ६ सय भन्दा बढी पिन्ट रगत संकलन गरिसकेका छौं ।’ नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा मध्यपश्चिम क्षेत्रका क्षेत्रीय संयोजक झलक गैरेले १ पिन्ट रगत दिएर शुभारम्भ गरेको रक्तदान कार्यक्रममा प्रधानमन्त्री कार्यालयका स्वकीय सचिव कृष्णा के.सी. (नमूना), शिक्षाविद् डा. राजेश केशर खनाल, नापी कार्यालय बाँकेका नापी अधिकृत जनकराज ओझा, बाँके राष्ट्रिय निकुञ्ज नेपाली सेनाका सुवर्ण सिलवाल, शिक्षक नारायण दत्त चालिसेले रक्तदान गरे ।
त्यसैगरि पत्रकारहरु राकेश कुमार मिश्रा, गोविन्द शर्मा, काशीराम शर्मा, सरोज रेग्मी, पवन जायसवाल, विनोद भट्टराई, रेडियो कृष्णसारका प्रमोद डि.जी., आँसु श्रेष्ठ, नरेन्द्र कुमार सिंह, कास्मिरा रसाइली, शिवानी शाही, सुमित्रा आले मगर, सविता श्रेष्ठ, लक्ष्मी केसीले पनि रक्तदान गरेको संयोजक जायसवालले जानकारी दिए ।
प्रहलाद विश्वकर्मा, रविन्द्र कुमार मिश्र, माधवराम वर्मा, लक्ष्मण कुमार वैश्य, विनोद कुमार वैश्य, पवन कुमार वैश्य, सुरेश कुमार वैश्य, सुश्री सरिता वैश्य, सुनिल रतगैया, राम सुहावन सोनकर, संजय बढही, भगवान शरण यादव, गंगाराम का“दू, रुस्तम अली इद्रिसी, मनमोहन वर्मा, कलाकार प्रशान्त चौवे के.सी., दिनेश कुमार वर्मा, धर्मेन्द्र सिंह, चविला मगर, अजवुद्दीन वागवान, तारा चौधरी, अब्दुल सलाम लगायतले पनि कार्यक्रममा रक्तदान गरेका
थिए । रक्तदाताहरुलाई दाङ स्थित सोनापुर मिनरल एण्ड आयल प्रालिले टिसर्ट उपलब्ध गराएको थियो ।
नेपाल रेडक्रस सोसाइटी बा“के शाखाद्वारा सञ्चालित मध्यपश्चिम क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका सुनिता कुमाई, सोम प्रकाश सापकोटा, रविन्द्र कुमार मिश्र, होमराज गिरी लगायतले रक्तदान कार्यक्रममा प्राविधिक सहयोग गरेका थिए ।
त्यस्तै नेपाल तरुण दल वडा नं. १८ ले पनि शनिबार कारकादोमा रक्तदान कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा ६३ पिन्ट रगत संकलन भएको क्षेत्रीय रक्तसञ्चार केन्द्रले जानकारी दिएको छ । केन्द्रले आज आइतबार मानव धर्म सेवा समाजले रक्तदान कार्यक्रम आयोजना गर्ने जानकारी दिएको
छ ।