निर्वाचनमा मतदान गर्ने जनताको सार्वभौम र मौलिक अधिकार हो । स्वच्छ, बिश्वसनिय, मर्यादित र धाधलीरहित निर्वाचन भएको खण्डमा मात्रै जनताले सहि प्रतिनिधिहरुको छनौट गर्न सक्दछन् । निष्पक्ष निर्वाचनले मात्रै लोकतान्त्रिक पद्धतीको सुढृढीकरण र बिकाशमा समेत टेवा पु¥याउने भएकाले आवधिक निर्वाचनलाई लोकतन्त्रको मुटु नै मान्न सकिन्छ ।
लोकतान्त्रिक शासन ब्यवस्थाको मुल आधार नै स्वतन्त्र, निश्पक्ष र धा“धली रहित निर्वाचन हो । लोकतन्त्रको सदृढीकरणका निम्ति समाजका सबै अंगहरु मजबुत हुनु जरुरी छ । यसको प्रारम्भ स्वतन्त्र तथा निष्पक्ष निर्वाचनबाट मात्र संभव छ । लोकतन्त्रको सस्थागत बिकाशमा टेवा पुर्याउने महत्वपुर्ण माध्यम स्वतन्त्र र निश्पक्ष निर्वाचन भएकाले निर्वाचनका आधारभुत मान्यताहरुलाई जगेर्ना गर्नु तथा ब्यवहारमा उतार्नु समस्त नागरिकको सरोकार हुनु पर्दछ । निर्वाचनका प्रक्रियाहरु त्रुटिपुर्ण एवंम अविश्वसनिय भएको खण्डमा अनन्तोगत्वा लोकतन्त्रका आधार स्तम्भ कमजोर हुन पुग्दछन् ।
निर्वाचन प्रक्रियाको स्वतन्त्रताले मात्र लोकतान्त्रिक परिपाटीमा जनबिश्वास दर्बिलो बन्न पुग्दछ । निर्वाचनको स्वतन्त्रताका क्रममा बिश्वका अनुभवहरु अन्तर्राष्ट्रिय कानून एवं निर्वाचनका मान्यता र प्रचलन समेतलाई समायोजन गरि निर्वाचन पर्यवेक्षणको कार्यलाई प्रभावकारी बनाउनु नागरिक समाजको जिम्मेवारी पनि हो ।
दोश्रो चरणमा आगामी जेष्ठ ३१ गतेका लागी हुने भनीएको स्थानिय तह निर्वाचन असार ९ गते हुने भनिए पनि दोश्रो चरणमा निर्वाचन हुने क्षेत्रहरुमा निर्वाचनको रौनक छाईसकेको छ । स्वच्छ र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्नका लागी निर्वाचन पर्यबेक्षकहरुको भुमिका महत्वपुर्ण हुने गर्दछ । निर्वाचन पर्यबेक्षण निर्वाचनको बैद्यता र बिश्वसनियता जाँच्ने कसि हो । निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरण निर्वाचन सम्पन्न गर्नका निर्वाचन पर्यबेक्षणको आवश्यकता पर्दछ । जनताले मतदानको अधिकार निधक्कसंग प्रयोग गर्न पाएका छैनन कि छैनन भनी बुझ्ने माध्याम निर्वाचन पर्यबेक्षण हो । पर्यबेक्षणका माध्यमबाट निर्वाचन प्रक्रियाका सवल र कमजोर पक्षका बारेमा थाहा पाउन सकिने भएकाले निर्वाचन पर्यबेक्षणलाई राज्यको तेश्रो आँखा पनि मान्ने गरिन्छ ।
स्वतन्त्र निष्पक्ष, विश्वसनीय र शान्तिपुर्ण निर्वाचनका लागी निर्वाचन पर्यबेक्षणको महत्वपुण भुमिका हुने गर्दछ । निर्वाचन लोकतन्त्रको मर्म, जिवन र केन्द्रबिन्दु भएकाले स्वतन्त्र, शान्तिपुर्ण धाधली रहित भएन भने लोकतन्त्रको आत्मा नै नरहने भएकाले पर्यबेक्षकले इमान्दारीपुर्वक आफ्नो ब्यवशायिक दायित्व निर्भाह गर्नु पर्दछ । निर्वाचनको परिणाम सर्वस्वीकार्य, राष्ट्रिय, अन्तराष्ट्रिय मान्यता प्राप्त गर्न सकेमा मात्र निर्वाचनको सार्थकता रहने भएकाले निर्वाचन पर्यबेक्षणको महत्वपुर्ण भुमिका रहन्छ ।
निर्वाचनमा सिमान्तकृत बर्ग लगायतका सबै बर्ग र क्षेत्रका जनताको पहुँच भयो की भएन तिनले सहज मतदान गर्न पाए की पाएनन भन्ने कुरा प्राथमिकताका साथ पर्यबेक्षण गरिनु पर्दछ । साना दलका उम्मेदवारले आफना बिचार राख्न पाए की पाएनन, मतदाता निर्भयताका साथ धम्की बिना मतदान केन्द्रमा पुग्न सके की सकेनन भन्ने कुरा पनि पर्यबेक्षणको महत्वपुर्ण बिषय बन्ने गर्दछ । सार्वजनिक स्थानमा ठुलो अक्षरमा पोष्टर छाप्दैमा वा संचार माध्याममा ठुलो स्वरमा प्रशारण गर्दैमा मतदाता शिक्षा भएको मान्न नसकिने भएकाले निर्वाचन पर्यबेक्षणले यस्ता कुरामा समेत बिचार पु¥याउनु पर्दछ ।
पर्यबेक्षकहरुले राजनैतिक दलको पक्ष वा बिपक्षमा नलागी निष्पक्ष र स्वतन्त्र रुपमा ब्यवशायिक मर्यादालाई ख्याल राखेर निर्वाचनको पर्यबेक्षण गर्नु पर्ने हुन्छ । निर्वाचनका पक्षधर र बहिष्कार गर्ने बिचको द्वन्द्वले उत्पन्न हुन सक्ने सुरक्षा संबेदनसिलता र मानव अधिकार हनन हुन सक्ने कुरालाई पर्यबेक्षकले शुक्ष्म ढंगले पर्यबेक्षण गर्नु पर्ने हुन्छ ।
पर्यवेक्षकहरूलाई निर्वाचनसँग सरोकार राख्ने सम्बद्ध सबै पक्षसँग निर्वाचन सम्बन्धी विषयमा स्वतन्त्रतापूर्वक संवाद गर्ने, पर्यवेक्षण आचारसंहिता अन्तर्गत रही निर्वाचन सम्बन्धी सवै विषयहरुमा स्पष्ट हुन पाउने, निर्वाचन आयोग वा मातहतका अधिकारीहरूको अधिकार क्षेत्र सम्बन्धी जानकारी पाउने; निर्वाचन प्रचार अभियान, मतदाताको निर्वाध आवत जावत, संवेदनशील निर्वाचन समाग्रीहरू (मतपेटिका, मतपत्र आदि) को ओसार–पसार, मतदान, मतगणना, निर्वाचन परिणाम र सञ्चार माध्यमहरूमा पहुँच आदि कुराको पर्यवेक्षण गर्ने मतदान केन्द्रको गोप्य कक्ष बाहेक मतदान केन्द्रमा मतदान अधिकृतको अनुमति लिएर निर्वाध प्रवेश पाउने अधिकार राख्दछन् ।
यसै गरि मतसङ्केत गरेको अवस्थाको बाहेक निर्वाचन अधिकृत÷मतदान अधिकृतले स्वीकृति दिएमा मतदान केन्द्र लगायतका निर्वाचन प्रक्रियाको तस्वीर खिच्न, मतगणना स्थलमा निर्वाचन अधिकृतको अनुमति लिएर निर्वाध प्रवेश पाउने; पर्यवेक्षकले बस्न चाहेमा निर्वाचन अधिकृतले तोके बमोजिम मतपेटिका संकलन गरी राखेको स्थलमा बस्न पाउने; निर्वाचन परिणाम घोषणा गर्दा अपनाइने प्रक्रिया सम्बन्धी जानकारी लिन पाउने; निर्वाचन सम्बन्धमा परेको कुनै पनि उजुरी वा गुनासो बारे जानकारी लिन पाउने; निर्वाचन सम्बन्धी प्रक्रियाको विभिन्न चरणमा राजनीतिक दलहरूको सहभागिता रहे\नरहेको विषय बारे थाहा पाउने र पर्यवेक्षणको क्रममा आफूले प्राप्त गरेको अनुभव आदान–प्रदान गर्न सक्न सक्दछन् ।
पर्यवेक्षकले आफ्नो परिचयपत्र सबैले देख्ने गरि पहिचानका साथ पर्यबेक्षणको कार्य गर्नु पर्दछ । मतदानकेन्द्र लगायतका निर्वाचन प्रक्रियामा संलग्न सबै निकायहरूमा जाँदा पर्यवेक्षकले शिष्ट पूर्वक व्यवहार गर्नु पर्दछ । निर्वाचन आयोगको सम्मान र प्रतिष्ठामा आँच आउने कुनै कार्य गर्न हुँदैन साथै आयोगका अन्य पदाधिकारीहरू, निर्वाचन कार्यमा संलग्न कर्मचारीहरू लगायत मतदाताहरूको सम्मान गर्नुपर्दछ ।
निर्वाचन पर्यवेक्षण गर्दा स्वतन्त्र, निष्पक्ष, तटस्थ एवम् वस्तुनिष्ठतापूर्वक गर्नु पर्ने हुन्छ । कुनै राजनीतिक दल वा उम्मेदवारप्रति झुकाव वा पूर्वाग्रह राख्न हँुदैन । पर्यवेक्षकहरूले निर्वाचनका सरोकारवालाहरूलाई आक्षेप लगाउने किसिमको व्यवहार गर्नु हुँदैन । कुनै राजनैतिक दल वा स्वतन्त्र उम्मेदवारको समर्थन वा विरोध हुने गरी पर्यवेक्षकहरूले पोशाक, चिन्ह, व्याज लगाउन वा अन्य कुनै माध्यमद्वारा प्रचार–प्रसार वा प्रदर्शन गर्न हुदैन । निर्वाचन कार्यमा खटिएका कर्मचारीहरूलाई अनावश्यक सल्लाह दिन, गलत ढंगको सूचना दिन र कानूनको अपव्याख्या गर्न पाउने छैनन् ।
निर्वाचन सम्बन्धी विवादहरु समाधान गर्न, विवाद समाधान गर्ने हेतुले लिखित बयान दिन र निर्वाचन परिणाम आधिकारिक रुपमा घोषणा हुनु अगावै प्रमाणित तवरले प्रसार गर्न हुदैन । मतदाताको गोप्यता भङ्ग हुने वा मतदानको निष्पक्षतामा आँच आउने एवम् मतदान कार्य वा क्षेत्रमा वाधा उत्पन्न हुने किसिमबाट कुनै कार्य गर्नु
हुँदैन । पर्यवेक्षणको क्रममा कुनै मतदान केन्द्र वा वरिपरि कुनै किसिमको विसङ्गति, अनियमितता, धाँधली, डर त्रास देखाई मतदाताहरूलाई मतदानबाट बञ्चित गर्ने कार्य आदि भएको महसुस गरेमा सो सम्बन्धी जानकारी तुरुन्त निर्वाचन अधिकृत÷मतदान अधिकृत÷निर्वाचन आयोगलाई गराउनु पर्नेछ । निर्वाचनमा कुनै उम्मेदवार वा राजनीतिक दलप्रति झुकाव राखेमा आयोगका कर्मचारीहरूको कत्र्तव्य पालनमा कुनै व्यवधान खडा गरेमा, पर्यवेक्षक आचारसंहिता उल्लंघन गरेमा आयोगबाट जारी गरिएका नियम, निर्देशिका, निर्देशनहरूको पालना गर्नु पर्दछ ।
निर्वाचनको पर्यबेक्षणले निर्वाचनको बिश्वसनियता र बैद्यता स्थापित गर्नुका साथै निर्वाचनको क्रममा हुने अपराधिक क्रियाकलापमा समेत कमी आउनेछ । स्वतन्त्र पर्यबेक्षणले सरकार पक्षलाई समेत निर्वाचनमा सरकारी साधन श्रोतको दुरुपयोग गरि निर्वाचन परिणामलाई प्रभाव पार्नबाट रोक्न मद्धत गर्ने भएकाले स्वच्छ र निश्पक्ष निर्वाचन सम्पन्न गर्नका लागी निर्वाचन पर्यवेक्षणको ठुलो महत्व रहेको छ ।
(लेखक निर्वाचन पर्यवेक्षण संस्था नियोकमा आवद्ध छन् ।)