आउनुस्, रमजानमा एउटा प्रण गरौं

प्रचण्ड गर्मी, अत्यधिक जाडो र प्रसस्तै वर्षाको समिक्षण भएको ठाँउ नेपालगन्ज मेरो जन्मथलो हो । सायद त्यसै कारणले धेरै नै माया लाग्छ आफ्नो ठाउँ भएकोले पनि । धार्मिक र जातीय सद्भावले विविधता भरिएको नेपालगन्जको अर्काे विशेषता त झन् सबैका लागि आकर्षण छनै ।

मुस्लिम समुदायमा जन्म भएको निकै फरक र खुला सोंच भएको परिवार पाउँदा आफुुलाई निकै नै भाग्यमानी ठान्दछु । किनकी अधिकाँश मुस्लिम समाजमा सोंच अलि खुम्चिएको पाइन्छ, जस्को मुल कारण शिक्षाको कमी र आर्थिक संकट आदि लाग्छ, मलाई । विस्तारै राज्यले शिक्षाको मूलप्रवाहमा मदरसाहरुलाई पनि समेट्दै आएपछि साक्षरता प्रतिशतमा हामी राम्रो सहायक बनेको अन्दाज गर्न गा¥हो छैन ।

मेरो परिवारमा सुरुवात निकै दुःखपूर्ण रह्यो । किनकी आर्थिक रुपले कमजोर मरो परिवारको फरक सोंचको दृष्टिकोणले गर्दा नै मेरो हजुरबुबा, आमाबुबाले कहिले पनि छोरा र छोरीलाई दिने शिक्षामा कुनै कसर बाँकी राख्नु भएन ।

हामी बीच कुनै फरक गर्नु भएन जस्ले गर्दा हामीभाई बहिनीहरु एउटै अंग्रेजी माध्यम स्कुलमा पढ्यौं ।
त्यसैबाट पनि सुरुवात भो हाम्रो फरक सोंच र विचारको जस्ले गर्दा आज म र मेरो दाई र भाईहरु लुगाधुने, खाना पकाउने, भाडा माँझ्ने, घर सरसफाई देखि लिएर बाथरुम समेत सफा गर्ने कार्य हामी आफंै गछौँ । मेरा अभिभावकले हामीलाई यस्तो कार्य सिकाउनुको पछाडीको कारण सकारात्मक सोंच थियो भन्ने कुराको तात्पर्य बल्ल बुझ्दैछु ।

मैले यसपालीको प्रचण्ड गर्मीमा परेको रमजान महिना जुन जेठ ७ गते देखि सुरु भएको छ, यसपटक घरेलु काम सिकाउनुको महत्व बुझें । सामान्यतया हामी कहाँ रमजानको महिनामा सबैभन्दा बढी कार्य यदि कसैलाई गर्नु पर्छ भने ती हुन्, घरका महिलाहरु ।

जो बिहान २ : ३० देखि शेहरी (ब्रतको सुरुवात) को निम्ति खाने कुराको जोहो गर्नु देखि दिन भरिको कार्य सँगसगैँ साँझ ५ बजे देखि इफ्तारी (ब्रत खोल्नु) को निम्ति खाने कुराको जोहो गर्नु सम्म खट्नुपर्छ । यसरी खट्नु पर्दा घरको महिलालाई परिआउने पीडामा म र मेरो दाईले मिलेर सबै कार्य चाहे त्यो शेहरी र इफ्तारीको लागि सहयोग गर्दा उहाँहरुलाई जुन सुखको अनुभूति हुन्छ त्यो हामी अनुमान मात्रै गर्न सक्छौं ।

यसरी के त्यो अनुभूति हामी सबै मुस्लिम समुदायको पुरुषहरुले आफ्नो घरको महिलाहरुलाई किन गराउन सक्दैनौं ? के त्यो कामहरु गर्दा लज्जा महशुस हुन्छ र ? के त्यो कामहरु गर्दा आफु सानो भइन्छ ? यी र यस्ता जस्ता प्रश्नहरु केही दिन यता देखि मेरो मष्तिस्कमा उथलपुथल मचाइरहेको अवस्थामा म यो रमजानको महिनामा सबै मुस्लिम समुदायमा पुरुषहरुलाई ध्यानाकर्षण गर्न चाहेरै यो आलेखको सहारा लिएको हो ।

आज दैनिक नेपालगन्ज मार्फत म विनम्र अनुरोध गर्दा छु कि आ–आफ्नो घरको महिलाहरुलाई त्यो सुख प्रदान गर्नु पनि एक किसिमको पुण्य बराबरको कार्य हो । आशा गर्छु, यसपाली देखिको प्रत्येक रमजानको महिनामा घरका महिलाहरुको मष्तिस्कमा त्यो प्रश्नको सृजना नहोस कि सबै काम हामीले नै अनिवार्य रुपमा गर्नु पर्ने ? अथवा कहिले हाम्रो घरको पुरुषहरु फरक र खुला साेंच लिएर सक्दो हाम्रो सबै दैनिककार्यमा सहयोग पु¥याउने ? हामी महिला विरोधी हौं, महिलालाई शोषण मात्रै गर्छौं भन्ने छाप मेटाउँदै, हामी एकअर्काका परिपूरक र सहयात्री हौं भन्ने कुराको प्रण पनि यसै पवित्र महिना रमजानबाट सिद्ध गर्न सकौं, प्रण गरौं ।

प्रतिक्रिया

प्रतिक्रिया