नेकपा एमालेले मुस्लिमहरुको पर्वका समयमा निर्वाचनको तिथि तोकिनु खेदजनक भएको बताएको छ ।
एमालेले प्रेस विज्ञप्ति जारी गरी मुस्लिम समुदायलाई मतदान गर्नबाट वञ्चित गर्न सरकारले षडयन्त्रमूलक निर्वाचनको मिति घोषणा गरेको बताएको छ ।
निर्वाचनको तिथि सार्दा समेत मुस्लिमको पर्वलाई ख्याल नगरिएको भन्दै एमालेले सरकारको आलोचना गरेको छ । एमालेको विज्ञप्तिमा आसार ९ गते मुस्लिम समुदायको जुमा अल बिदा को दिन निर्वाचनको तिथि तोक्नु खेदजनक विषय भएको उल्लेख गरेको छ ।