खजुरा नगरपालिका, राप्ती र सोनारी गाउँपालिका राजपत्रमा

सरकारले हालै थपेको र अपग्रेड गरिएको स्थानीय तहको सूचना राजपत्रमा प्रकाशन भएको छ ।
प्रकाशित सूचना अनुसार, बाँकेमा खजुरा गाउँपालिकालाई नगरपालिकामा अपग्रेड गरिएको छ ।

खजुरा गाउँपालिकामा ९ वडा रहने सूचना प्रकाशित भएको हो । साविकको सोनपुर गाविसको वडा नं. १,२,७,८ र ९ खजुरा नगरपालिकाको ७ नं. वडा र वडा नं. ३,४,५ र ६ वडा नं. ८ भएको छ ।

यसै गरी साविकको खासकुश्मा, महादेवपुरी र कचनापुर गाविसलाई मिलाएर राप्ती गाँउपालिका बनाइएको हो । यो गाउँपालिकाको जम्मा वडा संख्या ६ रहेको छ । गाउँपालिकाको जनसंख्या २३ हजार ४ सय १७ र क्षेत्रफल ७९०.३१ वर्ग किमि रहेको छ । र केन्द्र कचनापुर गाविसको कार्यालयमा हुने भएको हो ।

फत्तेपुर, विनौना र बैजापुर गाविसलाई मिलाएर सोनारी गाउँपालिका बनाइएको छ । ५ वडा रहेको यो गाउँपालिकाको जनसंख्या ३६ हजार ५ सय २९ रहेको छ । गाउँपालिकाको क्षेत्रफल २५१.४१ वर्ग किमि रहेको छ । र केन्द्र विनौना गाविसको कार्यालयमा तोकिएको छ ।

(२०७४ जेठ १२ गते)

प्रतिक्रिया

प्रतिक्रिया