भावुक योगी, बर्दिया, जेठ ११
जेठ ३१ गते हुने स्थानीय तहको चुनावका लागि बर्दियामा नेकपा माओबादी केन्द्रले लामो समयको छलपलपछी राजापुर नगरपालिका बाहेक अरु सबै नगरपालिका र गाउँपालिका प्रमुख उपप्रमुख सहित वडाअध्यक्ष र सदस्यहरुको उम्मेदवार टुंगो लगाएको छ ।
६ वटा नगरपालिका र २ वटा गाउँपालिका गरी ८ वटा स्थानीय तह रहेको बर्दियामा राजापुर नगरपालिका बाहेक नेकपा माओबादी केन्द्रले उम्मेदवार छनोट गरेको नेकपा माओबादी केन्द्रका तिलक शर्मा हिमालले जानकारी दिनुभयो । राजापुरमा टुंगो लगाउन छलफल चलीरहेको उहाँले बताउनुभयो ।
नेकपा एमालेले यसअघि टुंगो लगाईसकेको छ । नेपाली कांग्रेसले अझैँ २ वटा तहमा टुंगो लगाउन नसक्दा जेठ १४ गते सम्म टुंगो लगाउने जिल्ला सभापति एवं सासंद सञ्जय गौतमले बताउनुभयो ।
कुन स्थानीय तहमा को उम्मेदवार ?
गुलरीया नगरपालिका
मेयर : गेहेन्द्र ढकाल र उपमेयर : मिथिला फुँयाल
बाँसगढी नगरपालिका
मेयर : बिनाराम थारु (बिकल्प) र उपमेयर : भुमी बिक
ठाकुरबाबा नगरपालिका
मेयर : नेत्रराज आचार्य र उपमेयर : कृष्ण कुष्माथारु (आस्था)
मधुवन नगरपालिका
मेयर : गणेश केशी (कृष्ण) र उपमेयर : सुगरानी थारु
बारबर्दिया नगरपालिका
मेयर : दुर्गा बहादुर थारु (कबिर) र उपमेयर : अञ्जु दहित
गेरुवा गाउँपालिका
अध्यक्ष : बेहगराज चौधरी (अजित) र उपाध्यक्ष : लिला थारु
बढैया गाउँपालिका
अध्यक्ष : लल्लुराम थारु (शिशिर) र उपाध्यक्ष : राधा आचार्य
राजापुर नगरपालिकाको मेयर र उपमेयरको टुंगो लगाउन छलफल चलिरहेको छ ।