भावुक योगी, बर्दिया, जेठ ११
जेठ ३१ गते हुने स्थानीय तहको चुनावका लागि बर्दियामा सबैभन्दा पहिले नेकपा एमालेले नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुख सहित वडाअध्यक्ष र सदस्य उम्मेदवार टुंगो लगाएको छ ।
६ वटा नगरपालिका र २ वटा गाउँपालिका गरी ८ वटा स्थानीय तह रहेको बर्दियामा नेकपा एमालेले उम्मेदवार छनोट गरेको एमाले जिल्ला अध्यक्ष हरी ज्ञवालीले जानकारी दिनुभयो ।
नेकपा माओबादी केन्द्रले एकमात्र तहमा टुंगो लगाउन बाँकी रहेकाले विहीवार बेलुका सम्म टुंगो लगाउने जनाएको छ भने नेपाली कांग्रेसले अझैँ २ वटा तहमा टुंगो लगाउन नसक्दा जेठ १४ गते सम्म टुंगो लगाउने जिल्ला सभापति एवं सासंद सञ्जय गौतमले बताउनुभयो ।
कुन स्थानीय तहमा को उम्मेदवार ?
गुलरीया नगरपालिका
मेयर: हरी ज्ञवाली र उपमेयर: टिका सम्सेलीमगर
बाँसगढी नगरपालिका
मेयर : शालीकराम अधिकारी र उपमेयर :सुष्मा चौधरी
ठाकुरबाबा नगरपालिका
मेयर : घननारायण श्रेष्ठ र उपमेयर : बिना भट्टराई
मधुवन नगरपालिका
मेयर : दुर्गा बहादुर वली र उपमेयर : हिरा चौधरी
बारबर्दिया नगरपालिका
मेयर : रामबहादुर चौधरी र उपमेयर : पुष्पा वली
राजापुर नगरपालिका
मेयर : पहाडी थारु र उपमेयर : कृष्णी चौधरी
गेरुवा गाउँपालिका
अध्यक्ष : नुतन कुमार चौधरी र उपाध्यक्ष : मञ्जु शर्मा
बढैया गाउँपालिका
अध्यक्ष ः लालबहादुर श्रेष्ठ र उपाध्यक्ष : दिपा गौतम