बाँके : राप्ती साेनारी टुक्रियाे बन्याे राप्ती र साेनारी गाउँपालिका,

नेपालगन्जन्यूज । सरकारले बाँकेकाे राप्ती साेनारी गाउँपालिकालार्इ टुक्राएर राप्ती र साेनारी दुइ गाउँपालिका बनाउने निर्णय गरेकाे छ ।

राप्ती साेनारीकाे हालकाे वडा नं.१ साविककाे खासकुश्मा गाविस, वडा नं. २  साविककाे कचनापुर गाविस र वडा नं. ८ र ९ मा रहेकाे साविककाे महादेवपुरी गाविस समावेश गरी राप्ती गाउँपालिका कायम गर्ने निर्णय भएकाे हाे ।

राप्ती गाउँ पालिकाकाे केन्द्र साविककाे कचनापुर गाविसलार्इ ताेकिएकाे छ ।

यसैगरी राप्ती साेनारीकाे वडा नंं ६ र ७ मा रहेकाे फत्तेपुर गाविस, ३ र ४ वडामा रहेकाे बैजापुर गाविस, वडा नं. ५ मा रहेकाे साविककाे विनाैना गाविसलार्इ समावेश गरी साेनारी गाउँपालिका बनाउने निर्णय भएकाे हाे ।

साेनारी गाविसकाे केन्द्र साविककाे विनाैना गाविसलार्इ ताेकिएकाे छ ।

यसैगरी खजुरा गाउँपालिकालार्इ नगरपालिका बनाउने समेत निर्णय भएकाे छ । र नगरपालिकाकाे केन्द्र साविककाे खजुरा गाउँपालिकाकाे केन्द्रलार्इ नै ताेकिएकाे छ ।

यस अघि गत साेमबार बसेकाे मन्त्री परिषद्काे बैठकले बाँकेमा २ नगरपालिका सहित १ गाउँपालिका थप गर्ने निर्णय गरेकाे समाचार सार्वजनिक भएकाे थियाे ।

प्रतिक्रिया

प्रतिक्रिया