नेपालगन्जकाे भाले घाेडा : उहिले राजा अहिले कस्ले देला खाजा

नेपालगन्जन्यूज ।  नेपालगंज बाट रुपेडिया नाका तिर बाजा सहित आखा मा कोस, शिर मा शिर फुल सजिसजाउ भएर टाँगा मा यात्रु बोकेर हिड्ने भाले घोडा को मान, ईज्जत अर्कै थियो ।

सबै को रोजाई मा उनै पर्दथ्यो । नगरको ठुलो र छिटो दौडने भएकाले यात्रुहरू उस्लार्इ “भाले घोडा ” को उपाधी दिएका थिए, नेपाल गंज फुल्टेक्रा निवासी ५२ बर्सिय घाेडा मालिक अलि अहमद हलवाई बताउछन ।

भाले घोडा अन्तिम पुस्ता हाे टाँगा लिएर दाैडने । उ पछाडी को पुस्ताले अब टाँगा तान्नुपर्दैन । सबै लाई प्रबिधि ( ई- रिक्सा )ले बिस्थापित गर्यो ।

हलवाईले नेपालगन्जन्यूजसंग भने, समयलार्इ स्विकार्नु नै पर्यो, एक्का टाँगा अब नेपालगंज मा एकादेशको कथा बन्दै छ।

टाँगा स्टेसन नजिक को टोल मा करिब ५० को हाराहारी घोडा थिए । घाेडाका लागि घाँस काटेर गुजारा गर्ने घसियारनहरु र घोडाको नाल बनाएर गुजारा गर्नेहरु  पनि बिस्थापित बने ।

‘सरकारले कुनै योजना बिना नै रिक्सा लाई सडक मा चल्ने अनुमती दिनुले करिब १०० परिवारको रोजीरोटी खोसिएकाे छ ।’ पशुको अधिकारको क्षेत्र मा काम गर्ने सस्था एनिमल नेपाल निर्देसक उत्तम काफ्ले बताउनु हुन्छ  ।

हिजो टाँगा चल्दा घाेडाले प्रसस्त घाँस भूसा खान पाउथ्याे । साहु पनि खुशी हुन्थे । आज बुग्गी तान्दा न कमाई न खान नै पाइरहेका छन् ।  कति घोडा खान नपाई उपचार समेत नपाएर मरेका रहेछन् । नेपालगन्जका घाेडाकाे अवस्थाबारे अध्ययनका क्रममा पत्ता लागेकाे छ, काफले नेपालगन्जन्यूजसंग भने ।

प्रतिक्रिया

प्रतिक्रिया