बाँकेमा २ निर्वाचन अधिकृत हेरफेर

कोहलपुर नगरपालिकाका उपसचिव माधव प्रसाद शर्मा लाई नरैनापुर गाउँपालिकाको निर्वाचन अधिकृत बाट राप्ती सोनारी गाउँपालिकाको निर्वाचन अधिकृतको रुपमा खटाइएको छ ।

यसैगरी जिल्ला शिक्षा कार्यालय बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्ख बहादुर थापालाई नरैनापुर गाउँपालिकाको निर्वाचन अधिकृतको रुपमा खटाएको निर्वाचन आयोगले जनाएको छ । यसअघि नरैनापुर गाउँपालिकामा निर्वाचन अधिकृत तोकिएका क्षेत्रिय प्रशासन कार्यालय दिपायलका उप क्षेत्रिय प्रशासक सुरेन्द्र पौड्याललाई हटाएको छ ।

आयोगले दोश्रो चरणमा निर्वाचन हुने जिल्लाहरुका ३७ निर्वाचन अधिकृत हरु को नयाँ नियुक्ति गरेको हो ।
जेठ ६ गतेबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय पुर्णरुपमा सञ्चालन गर्ने र जेठ १५ गते सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खोल्ने समेत जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया