काँग्रेस बाँके क्षेत्र नं. १ द्वारा उम्मेदवार सिफारिस

नेपाली काँग्रेसले क्षेत्र नं. १ को स्थानीय तहको उम्मेदवार सिफारिस गरेको छ ।

बैशाख ३१ गते हुने निर्वाचनका लागि क्षेत्रले एकै पदका लागि धेरै उम्मेदवार सिफारिस गर्दै अन्तिम टुंगो लगाउन जिल्ला पठाएको हो ।

कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिका प्रमुख/उपप्रमुख पदका दाबेदारहरुको सूचि जिल्ला पठाएको क्षेत्रीय सभापति माधवराम खत्रीले जानकारी दिए ।

कोेहलपुरमा मेयरका लागि नेपाली कांग्रेस कोहलपुरले कमीटीले ४ जनाको नाम सिफारिस गरी जिल्लामा पठाइएको छ । नेपाली कांग्रेसका महासमिति सदस्य भानुभक्त भट्राइ, कोहलपुर नगर सभापति बलराम शर्मा, राजेन्द्र श्रेष्ठ र युवराज पौडेलको पठाइएको नेपाली कांग्रेस कोहपुर नगरकमिटीले जनाएको छ ।

उपमेयरमा महासमिति सदस्य मिना सिग्देल, जिल्ला सदस्य गौरा भट्टराइ र सन्जु कुमारी थारुको नाम सिफारिस गरी पठाइएको छ । त्यस्तै राप्तीसोनारी गाँउपालिकामा अध्यक्षमा लाहुराम थारु, कृष्ण प्रसाद पौडेल र लिलमान परियारको नाम सिफारिस गरेको छ ।

त्यस्तै उपाध्यक्षमा कनि कुमारी खत्री, द्रोपती वली र सविना वलीको नाम शिफारीस गरी जिल्लामा पठाइएको काँग्रेस क्षेत्रीय कमिटिले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया