संघिय समाजवादीमा प्रवेशको लहर

नेपालगन्जन्यूज । संघीय समाजवादी फोरम नेपालमा बाँकेका विभिन्न राजनीतिक पार्टीहरुका दर्जनौं सक्रिय कार्यकर्ता प्रवेश गरेका छन् । मंगलबार नेपालगन्जमा आयोजना गरेको बृहत पार्टी प्रवेश सभामा नवप्रवेशीहरुलाई अध्यक्ष उपेन्द्र यादवले स्वागत गर्नुभएको हो ।

प्रबेश सभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र राष्ट्रिय जनता पार्टीका करिब दुई हजार नेताहरु फोरम नेपालमा प्रबेश गरेका हुन् ।

प्रबेश हुनेहरुमा नेपाली कांग्रेसका पूर्व सांसद सैय्यद मेराज अहमद साह, महासमिति सदस्य रिजवान अहमद साह, इस्तियाक अहमद साह, कांग्रेसको भातृ संगठन मुस्लिम संघ क्षेत्र नं। २ का मसुद अहमद साह, सैय्यद गुफरान अहमद साह, कांग्रेस पूर्व जिल्ला सदस्य सत्यनारायण बर्मा, माओवादी केन्द्रका जिल्ला सदस्य धिरेन्द्र चौधरी, फकीरउल्ला पठान, कौशल कुमार धोवी, राष्ट्रिय जनता पार्टी नेपालका नन्दकिशोर बर्मा कुर्मी, कांग्रेस बनकटीका क्रियाशिल सदस्य हाजी जाहिर खाँ, नेकपा एमाले गाउँ इकाई बनकटीका अध्यक्ष शकिल खाँ प्रधान, उपाध्यक्ष राजेन्द्र बि.क, एमालेका पूर्व गाबिस मनिकापुरका उपाध्यक्ष उद्धव यादव, कांग्रेस पुरैनाका गाउँ इकाई सभापति राधेश्याम पाठक, पुरैनाका पूर्व सभापति चुम्मन राढ, माओवादी केन्द्रका जिल्ला सदस्य महफुज आलम, राप्रपा क्षेत्र नं। २ क्षेत्रीय सदस्य कामता प्रसाद यादव, सचिव रामनरेश यादव, कांग्रेस पुरैनीका गाउँ इकाई समिति सदस्य सब्बिर किघरिया, केशवराम राज, एमालेका वडा नंं १५ का पूर्व अध्यक्ष हाजी रौनक अलि इद्रिसी, नेपालगञ्जका प्रतिष्ठित व्यापारी एव समाजसेवी दिपक लखेर, किशोर गुप्ता, शोभा कुमारी लखेर, हारुन अन्सारी, कांग्रेस वडा नं।२३ का अध्यक्ष मोहम्मद हुसेन शेष, राष्ट्रिय जनता पार्टीका नेता फरजन्द खाँ, एमालेका वडा नं।१६का पूर्व गाउँ इकाई अध्यक्ष सलिम अन्सारी ९चिम्मन०, कांग्रेस उदयपुरका कृष्ण कुमार श्रीवास्तव, एमाले कम्दी गाउँ कमिटि सदस्य वारिस अन्सारी, एमालेकै खजुराखुर्द गाउँ कमिटिका उपाध्यक्ष मिश्रिलाल यादव, कांग्रेस नेता एव पूर्व गाबिस सचिव हिरमिनियाका सभाष सिंह ठाकुर, एमाले भवानियापुरका पवन कुमार बर्मा, राष्ट्रिय जनता पार्टीका मनोरथ भाट, राप्रपाका कौशिल्या कोरी, बनकटीका पूर्व शिक्षक एव कांग्रेसका नेता भण्डारीलाल यादव, माओवादी केन्द्र कम्दी गाउँ इकाई अध्यक्ष सगिर खाँ, माओवादी केन्द्र मनिकापुर गाउँ इकाई अध्यक्ष कौशल कुमार धोवी लगायत नेता कार्यकता फोरममा प्रबेश गरेको बाँके सचिव बदरुद् दुजा खाँले जानकारी दिनुभयो ।

कार्यक्रममा अध्यक्ष यादब लगायत फोरम नेपालका बरिष्ठ नेता अशोक राई, उपाध्यक्ष मोहम्मद लालबाबु राउत, केन्द्रीय सदस्य इस्तियाक अहमद खाँ, चुुडामणी रेग्मी, कामता प्रसाद सोनखर को उपस्थिती रहेको थियो ।
बृहत प्रबेश कार्यक्रम बाँके अध्यक्ष कमरुद्दिन राईको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया