सुर्खेत मतगणना जारी

भावुक याेगी, सुर्खेत, जेठ १

प्रदेश नम्बर ६ सुर्खेतमा हिँजाे आईतवार सम्पन्न पहिलो चरणको स्थानिय तह चुनाबको मतगणना भर्इरहेको छ ।
मतगणना भएका अधिकांश ठाउँमा ठुला तीन दल कांग्रेस एमाले र माओवादी केन्द्रबिच नै प्रतिस्पर्धा रहेको छ ।
सुर्खेतको बीरेन्द्रनगरमा अहिले दुई बजेबाट मत गणना सुरू भएकाे छ । प्रत्येक ५ सय मतकाे नतिजा सार्वजनिक गरिने बताईएकाे छ ।
५ नगरपालिका र ४ गाउँपालिका रहेकाे सुर्खेतमा ५० हजार मतदाता रहेको बीरेन्द्रनगर नगरपलिकामा ३८ हजारको हाराहारीमा मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ ।
सुर्खेतकाे भेरीगंगा नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको बताईएकाे
छ ।
अध्यक्षका उम्मेदवार मआेबादी केन्द्रका नवराज कार्कीको प्यानल २ सय ७४ मत प्राप्त गर्दै विजय भएका हुन । कांग्रेसका भुपेन्द्रबहादुर चन्दले २३६, एमालेका तर्फबाट यज्ञप्रसाद ढकालले २०५ मत ल्याउनुभएको छ ।
यस्तै, महिला सदस्यमा रजना बुढा, दलित महिला सदस्यमा दुर्गा सार्की र खुला सदस्यहरुमा नर बहादुर बुढा र हरीबहादुर थापा विजयी भएका छन् ।  वडा नम्बर २ काे मतगणना जारी छ ।
यता सुर्खेतको लेकवेशी नगरपालिकामा एमालेले अग्रता लिएको छ । एमालेका मेयर उम्मेदवार गगनसिं सुनारले १ हजार २१ मत ल्याउनुभएको छ । त्यस्तै कांग्रेसका उमेश पौडेल ४४० मत ल्याउनुभएको छ । खड्गबहादुर घर्ती माओवादी केन्द्रले १३४ ल्याउनुभएको छ ।
यस्तै गुर्भाकोट नगरपालिकामा मेयरमा एमालेले अग्रता लिएकाे छ । एमालेकाे ७३२ मत,  कांग्रेसकाे ४४७ र माआेबादीकाे ४६ मत रहेकाे छ । मत गणना जारी छ ।
पञ्चपुरी नगरपालिकामा सहित सिम्ता गाउँपालिका र चाैकुने गाउँपालिकामा मतगणना सुरू भएपनि नतिजा आउन बाँकी रहेको छ । भने केहिमा मतगणनाका लागि अहिले सर्वदलीय वैठक बसिरहेकाे छ ।

प्रतिक्रिया

प्रतिक्रिया