मुसिकाेटमा कांग्रेस, चाैरजहारीमा माअाेवादीकाे अग्रता

रुकुम मुसिकोट नगरपालिकाकाे मतगणनाकाे प्रारम्भिक नतिजा अाउन थालेकाे छ ।  अहिलेसम्म मेयरमा कांग्रेसका महेन्द्र केसीकाे  ८११ माअाेवादी केन्द्रका देबिलाल गाैतमकाे ४५४, र एमालेका विमल कुमार पुनमगरकाे २२३ मत रहेकाे छ ।
यसैगरी चौरजहारी नगरपालिकामा माअाेवादी केन्द्रका विशाल शर्माकाे १०४ कांग्रेसका बलबिर गाेसार्इकाे  ५२ र  एमालेका शेरबहादुर केसीकाे ४१ मत अाएकाे छ ।

सल्यानबाट एमाले सचिव रमेश गाैतमका अनुसार, जिल्लाकाे ९ स्थानीय तहकाे मत गणना भर्खरै शुरू भएकाे छ । शुरूवाती त्रिवेणी, ढाेरचाैर गाउँपालिका र शारदा नगरपालिकामा एमालेले अग्रता लिएकाे छ । यसै गरी कपुरकाेट, दार्मा गाउँपालिकामा माअाेवादी केन्द्रकाे अग्रता रहेकाे छ ।

बनगाड कुपिन्डे नगरपालिका र कालीमाटी गाउँपालिकाकाे परिणाम प्राप्त भएकाे छैन ।

यसैगरी उम्मेदवारकाे मृत्यु पछि कुमाखपालिका गाउँपालिकामा मतगणना राेकिएकाे छ ।

प्रतिक्रिया

प्रतिक्रिया