दशैं जस्तै कस्लाइ हाल्ने हो भोट, सबै एकै हुन्, जस्लाइ हाले नि केहि हुन्न, मेरो अंकल नि उठुनु भाको छ, म उहाँलाइ दिनेछु । आमा, म तपाईको छोरा हुँ, मलाइ थाहा छ तपाईले मलाइ नै दिनुहुन्छ भोट । यी र यस्तै कुराकानी मैले सुने यसपालीको चुनावको मतदानको दिनसम्म नै ।
सबैको आआफ्नो दृष्टिकोण थियो, आफ्नै उद्देश्य थियो । तर सबै मतदानका लागि उत्साहित देखिन्थे । यो चुनावमा मैले जीवन कै पहिलो पल्ट मतदान गर्दै थिए । र मलाइ चुनावमा भोट गर्नु दशैं आए जस्तै लाग्यो । केटाकेटिमा दशैं आउँदा म खुसि हुन्थे । खुसिको एउटा कारण नयाँ लुगा थियो ।
एकदम उत्साहित थिए म तर कतै कतै अलिअलि डर पनि लागिरहेको थियो आज । यो पहिलो भोट थियो । मैले मतदान गरेर मेरो अधिकारको प्रयोग गरे । मतदान गर्नु भन्दा अगाढि मैले प्रत्येक उम्मेदवारलाई सुने । तिनिहरुको पृष्ठभूमि, योग्यता, अनुभवलाई बुझें । तिनीहरुले गर्न सक्छन् कि सक्दैनन् भनेर सुनिश्चित भए । अनि मैले मत दिए ।
आज मलाई अनुभव गरेको छु कि मेरो मतको कति मूल्य छ ? मेरो एक मतका कारण मेरो शहरले राम्रो नेतृत्व पाउने छ । यसैले मलाइ लाग्छ, प्रत्येक मतको किन महत्व छ ? हामी सबैको बराबरी जिम्मेवारी छ कि सहि नेतृत्वलाई चुन्नका लागि चुनावमा मतदान गर्नु मेरो महत्वपुर्ण जिम्मेवारी हो ।
यो तपाई हाम्रो व्यक्तिगत च्वाइस हो कि कस्लाइ मतदान गर्ने । मलाइ चुनाव अगाडि धेरैले यसलाई मत दिनु, यसका लागि दिनु जस्ता धेरै सुझावहरु दिएका थिए । यो सुझावले उम्मेदवाररहरुलाई चिन्न जान्न मलाइ उत्साहि बनायो । यदि यस्तो प्रकारका प्रचारप्रसार नभएका भए, मलाइ प्रभावित पार्ने कोशिसहरु नभएका भए मैले सहि उम्मेदवार भेटाउन सक्दिनथे । यसैले यस्ता सुझावलाइ मैले सकारात्मक रुपमा लिएको छु । मैलै हाम्रो लाई हैन, राम्रो लाई
चुने ।
सधैं हामी युवा भन्ने गर्छौ । देश निर्माणमा युवाको आवश्यकता छ भन्छौं । देश निर्माण गर्ने सहि र सक्षम व्यक्ति र संस्थालाई चुन्ने र्निवाचन सहि अवसर हो । यदि हामीले हाम्रो अधिकार र विवेक पुर्ण सचेत व्यवहारलाई सहि र सक्षम उम्मेदवार चुन्न प्रयोग गर्न सक्दैनौं भने हामीले राजनीतिक नेतृत्व तिर औंला ठड्याउने अधिकार छदै छैन ।
जब म मतदान केन्द्र प्रवेश गरे, म खुसि थिए । उत्साहि थिए । मैले मतपत्र लिए र मतदान गरे विधिपूर्वक । मलाइ लाग्छ, मेरो मतको गणना हुने छ । मेरो मतले विजयी हुने उम्मेदवारले मेरो शहर र देश राम्रो बनाउनका लागि काम गर्ने छ ।
मलाइ सन्देह चाहि के लागि रहेको छ भने, मेरो मम्मी र अरु प्रौढहरु जस्ले ५५ वर्ष पार गरिसक्नुभएको छ । उहाँहरुले के सहि तरिकाले मतदान गर्नुहुन्छ होला ? यद्यपी मलाइ थाहा छ, सबैले आफुले इच्छाएकोलाई मत दिने
हो । र अर्को कुरा , देश निर्माणका लागि सबैको बराबरी जिम्मेवारी रहेको हुन्छ ।