सुर्खेत : मतदाता गाउतर्फ, बजार सुनसान

भावुक योगी

झण्डै २० वर्षपछि वैशाख ३१ गते भोलि आइतवार हुने स्थानीय तहको निर्वाचनका लागि सुर्खेतको सदरमुकाम साविक मध्यपश्चिमको क्षेत्रिय सदरमुकाम हाल प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रुपमा रहेको बिरेन्द्रनगर सुर्खेत बजार विहानै देखि सुनसान छ ।

सुर्खेतको ग्रामिण क्षेत्र र दैलेख, जाजरकोट लगायतका पहाडी जिल्लाबाट आएर व्यवसाय संचालन गरीरहेका अधिकाँशहरु भोलीको चुनावमा मत हाल्न व्यवसाय बन्द गरेर गाउँ तर्फ गएपछी बजार सुनसान भएको हो । ठुलो पर्व दशैँ तिहारमा झैँ स्थानिय चुनाव पनि एक पर्वकै रुपमा मानेर बजारवासीहरु सबै गाउँ गएपछी सुनसान भएको स्थानियको भनाई छ ।

सुर्खेतमा रहेका १३८ मतदान स्थल मध्ये दुईवटा मतदान केन्द्र महिलामैत्री मतदान केन्द्र रहेको छ । सदरमुकाम विरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ८ को आवास क्षेत्रमा रहेको वालमन्दिर प्राथमिक विद्यालय मतदान स्थल र विरेन्द्रनगर वडा नम्बर १० घुस्रामा रहेको जनसेवा माध्यामिक विद्यालय घ केन्द्रमा महिलामैत्री मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

आवास क्षेत्रमा रहेको वालमन्दिर प्राविमा मतदान अधिकृत निर्मला रेग्मी सहित ६ जना महिला खटिएका छन् । यहाँ ७ सय ५४ मतदाता रहेका छन् । यस्तै घुस्रामा रहेको जनसेवा माविमा मतदान अधिकृत मान कुमारी गुरुङ्ग सहित ६ जना महिला खटीएका छन् । यहाँ ७ सय ६३ मतदाता छन । अन्य मतदान स्थलमा पुरुषको नेतृत्वमा रहेको र केही महिला समेत रहेको भएपनि महिलाको नेतृत्वमा सम्पुर्ण टिम नै महिलालाई जिम्मेवारी दिईएको मतदान स्थलमा दुई रहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया