‘मेरो वर्ष २०७४ : म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान अनुरुप आज बिहीबार नेपालगन्जमा सन्देशमूलक र्याली निकालिएको छ ।
‘मेरो पाँच प्रतिबद्धता, स्वस्थ जीवनको आवश्यकता’ भन्ने नारा सहित जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको आयोजनामा भएको र्याली नगरका विभिन्न भागको परिक्रमा गरी जिल्ल प्रशासन कार्यालयमा कोणसभामा परिणत भएको थियो ।
यस्तो थियो र्यालीको नारा
१. म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ खान्न
२. म नियमित व्यायाम गर्छु’
३. म स्वस्थ र पोषिलो खाना खान्छु
४. म नियमित स्वास्थ्य परीक्षण गराउँछु
५. म मेरो परिवार र समुदायको स्वास्थ्य प्रति सजग रहन्छु