बस दुर्घटना, ३३ घाइते

नेपालगन्ज–सुर्खेत सडक खण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, शुक्रबार साँझ सुर्खेतबाट नेपालगंज तर्फ आउँदै गरेको ना.५ख. २८९० नम्बरको बस सुर्खेत भेरी गंगा नगरपालिका ७ स्थित मोड नजिकै दुर्घटना भएको हो ।

बसमा सवार ३३ जना घाइते मध्ये ४ जनाको अबस्था सिरियस रहेको जिप्रका बाँकेले जानकारी गराएको छ । घाइतेको उपचार मेडिकल कलेज कोहलपुर नेपालगन्जमा भैरहेको छ । ४ जना घाइतको थप उपचारको लागि लखनउ रिफर गरिएको छ ।

अस्पतालमा उपचाररत् विरामीहरुको अवस्था बुझ्न बाँकेका प्रजिअ रविलाल पन्थ र बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेक प्रसाद राई मेडिकल कलेज कोहलपुरमा पुगेका छन् । प्रजिअ पन्थले घाइतेको उपचारमा कुनै समस्या नहुने बताएका छन् ।

(तस्वीर डिपिओ बाँके)

प्रतिक्रिया

प्रतिक्रिया