संगिन शर्मा
मध्यपश्चिम क्रिकेट क्लब कोहलपुर फाईनलमा प्रवेश गरेको छ । राजधानीमा जारी नेक्सस यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत बुटवल क्रिकेट एकेडेमीलाई मध्यपश्चिमको टिम फाईनल चरणमा प्रवेश गरेको हो ।
प्रतियोगिता अन्तर्गत आफ्ना सबै खेलमा उत्कृष्ट नतिजा निकाल्न सफल मध्यपश्चिमले प्रतियोगितामा सहभागी देशैभरका २६ टिमलाई पछि पार्दै फाईनल चरणको यात्रा तय गरेको हो ।
बिहिबार काठमाण्डौंस्थित टि.यू. अन्तराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न अन्तिम सेमिफाईनल खेलमा बुटवल क्रिकेट एकेडेमीलाई पाखा लगाउँदै मध्यपश्चिमले अबिजित यात्रालाई निरन्तरता दिएको हो । टस जितेर ब्याटिङका लागि मैदानमा उत्रिएका बुटवल एकेडेमीका खेलाडीहरुले कमजोर प्रदर्शन गर्दै ६७ रन जोड्न सफल भएका थिए ।
निर्धारित १५ ओभरको खेलमा बुटवल एकेडेमीले आप्mना सबै विकेट गुमाउँदै ६७ रन मात्र जोडेपछि मध्यपश्चिमलागी जित निकाल्न सहज भएको थियो । एकेडेमीको ब्याटिङ लाईन धारासायी बनाउने क्रममा मध्यपश्चिमका बलर सौगात रानाभाटले एक्लै ५ विकेट लिन सफल भएका थिए ।
प्रतियोगिता भर उत्कृष्ट बलिङ गर्दै आएका रानाभाटको बलका अगाडी एकेडेमीका खेलाडीहरु निरिह बनेका थिए । झिनो लक्ष्य पाएको मध्यपश्चिमले ४ विकेटको क्षतीमा सहजै लक्ष्य भेट्टाएको थियो । एकेडेमीले दिएको ६८ रनको लक्ष्य भेटाउने क्रममा विशाल के.सी. ले २२ रन प्रहार गरेका थिए भने सन्दीप नेपालीले अबिजित २२ रन जोड्न सफल भएका थिए ।
बिहिबार सम्पन्न सेमिफाईनल खेलको म्यान अफ द म्याद ५ विकेट लिन सफल मध्यपश्चिमका बलर सौगात रानाभाट घोषित भएका थिए ।
यसैबिच बिहिबार नै सम्पन्न पहिलो सेमिफाईनल खेलमा जित निकाल्दै महेन्द्रनगर क्रिकेट एकेडेमी फाईनलमा प्रवेश गरेको थियो । शुक्रबार हुने फाईनल खेलमा मध्यपशिचमले महोन्द्रनगर क्रिकेट एकेडेमीको सामना गर्ने टिम ब्यवस्थापक होमेन्द्र क्षेत्रीले जानकारी दिए ।
मध्यपश्चिमका खेलाडीहरुको शसक्त बलिङ र ब्याटिङका कारण त्रि.वि. मैदानमा थप उत्साह पैदा भएको थियो । छनोट चरणका खेलदेखी नै उपाधिको दावेदारी प्रस्तुत गर्दै आएको मध्यपश्चिमका खेलाडीहरुलाई नेपाली क्रिकेट टिमका सहायक प्रशिक्षक दिपेन्द्र प्रताप सिंह, पुर्व राष्ट्रिय कप्तान लेख बहादुर क्षेत्री, पुर्व राष्ट्रिय क्रिकेट खेलाडी दुर्गा सेन लगाएतले निरन्तर प्रशिक्षण दिदै आएका थिए ।
प्रतियोगिताको बिजेताले १ लाख ५० हजार नगद प्राप्त गर्ने छ भने उप बिजेतालाई १ लाख नगर पुरस्कार प्रदान गरिने छ ।