देबेन्द्र राज पौडेल
नेपालगन्जको मुटुका रुपमा रहेको सदरलाइन सडक बिस्तार योजना सुस्त देखिएको छ ।
नेपालगन्ज उपमहा–नगरपालिकाको सदरलाइनको सडक बिस्तार योजना अपेक्षित गतिमा अगाडी बढ्न नसकेको
हो ।
तीन महिना अघि ४५ दिनभित्र सडकका लागि १४ मिटर क्षेत्रफल छाड्ने घरधनीहरु बीच सहमति भएपनि अधिकांस घरहरु भत्काइएका छैनन् । ‘सडकको विजोग छ’, स्थानीयबासी भन्छन्, ‘कहिलेसम्म यो दुरावस्था ?’
‘उपमहानगरपालिकाले घर भत्काउन लाई सूचना जारी नगरेकाले अहिले नै नभत्काएका हौं’, एक घरधनीले भने, ‘बाटो बन्छ भन्ने आश्वस्त भएमा हामी सडक क्षेत्रफलका लागि घर भत्काउन तयार छौं ।’ यद्यपि, केही घरधनीहरुले
सडक क्षेत्रफलका लागि घर भत्काइसकेका छन् ।
‘हाम्रा लागि सडक आवश्यक छ’, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले सडकका बारेमा कुनै आशंका गर्नुपर्ने अवस्था नरहेको बताउ“दै भने । ‘जति छिटो सडकका लागि क्षेत्रफल खाली हुन्छ त्यति नै छिटो काम गर्न हामी उपमहा नगरापालिकालाई दबाब दिन सक्छौं ।’ ‘केही ढिला भएको हो’, अध्यक्ष वैश्यले भने, ‘व्यस्त बजार रहेकाले घरधनीलाई घर भत्काउन केही समयलाग्नेछ ।’
‘बर्षात् अघि सडक बनेन भने सडक हिड्न लायक रहने छैन’, स्थानीयबासी भन्छन्, ‘पहिले जस्तै बजेट फिर्ता नहोस् भन्नेमा सबै सजग हुन जरुरी छ ।’ ‘योजना पास भएको छ’, परियोजनाका इन्जिनियर शैलेन्द्र महर्जनले भने, ‘सडक ठेक्काका लागि तयारी हु“दैछ ।’
‘बजेट फ्रिज हुदैन’, उनले भने, ‘ढुक्क भएर छिटो सडकका लागि क्षेत्रफल छाड्दा नै छिटो काम गर्न सकिन्छ ।’ सदरलाइन सडक एशियाली विकास बैंक (एडिबी)को सहयोगमा बन्न लागेको हो ।