नेकपा माओवादी केन्द्रले बाँकेको कोहलपुरमा उम्मेदवारहरुको टुंगो लगाएको छ । कोहलपुर नगर अध्यक्ष तेज प्रसाद चापागाईले प्रदेशले उम्मेदवारी अनुमोदन गरेको जानकारी दिए ।
माओवादी केन्द्रले अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष नरेन्द्र न्यौपानेलाई मेयर र देबि थारु उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यसैगरी माओवादी केन्द्र कोहलपुरले १५ वटै वडाका वडा अध्यक्ष र सदस्यहरुको समेत टुङ्गो लगाएको छ ।
माओवादी केन्द्रले वडा नं. १ मा अमर चन्द, २ मा अमर बिक, ३ मा ताराकेशर रिजाल, ४ मा तिर्थराम थारु, ५ मा शिव सुनार, ६ मा रामशरण थारु, ७ मा छेदा थारु, ८ मा हस्त बिक, ९ मा छब्बन अलि नटलाई अध्यक्ष पदको उम्मेदवार बनाएको हो ।
त्यस्तै, वडा नं. १० मा देबीलाल बोहरा, ११ मा शेषकान्त शर्मा, १२ मा दशरथ पराजुली, १३ मा गगन सिंह राना, १४ मा दान बहादुर ओली र १५ मा जगराम थारु तथा अन्य ४ जना सदस्यलाई उम्मेदवार बनाउने निर्णय भएको माओवादी केन्द्रका बाँके इन्चार्ज आइपी खरेलले जानकारी दिए ।
उनले नेपालगन्ज उपमहानगरपालिकाका लागि पनि उम्मेदवार चयन अन्तिम चरणमा रहेको जानकारी दिंदै १/२ दिनमा सबै उम्मेदवार सार्वजनिक गर्ने बताए ।