हरेक बर्ष बर्षात्मा नेपालगन्जमा विभिन्न ठाउँहरु जलाम्मे र हिलाम्मे हुने गरेका छन् ।
अझ भनौ बसपार्क, घरबारीटोल, सेतु विक चोक, सल्यानीबंगलामा पानी तालिने गर्दछ । पानीको निकासी सही ढंगले नहुँदा हरेक बर्षामा नेपालगन्जबासीले सास्ती ब्यहोर्नु पर्छ ।
यो बर्ष पनि फेरी उही त हुने होला । अहिले सम्मको अवस्था हेर्दा झरी परेमा फेरि अघिल्लो बर्षकै हालतमा नेपालगन्ज हुनेछ ।
नेपालगन्जमा पानीको निकास समयमै नखोलिनु नै डुबानको प्रमुख कारण हो । पानी निकासका लागि रहेका अधिकांस ढल, नालाहरु पुरिएका छन् ।
उसो नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी प्रमुख आउने बित्तिकै आयोजना गरेको पत्रकार भेटघाटमा यसबर्ष नेपालगन्जलाई डुब्न नदिने बताएका थिए । उनले समयमै ढल तथा नाला सफा गरी पानीको निकासलाई सहज बनाउने बताए ।
यद्यपि, उनले त्यसो भनिरहँदा जनशक्ति अभाव रहेको बताएका थिए । नेपालगन्जमा बढ्दो बस्ती, स्थानीय तह कार्यान्वयन पछि उपमहानगरपालिकालाई बढेको कार्यबोझ र जनशक्तिको कमीका बारेमा जानकारी गराएका थिए ।
सेतु विक चोक, न्यूरोड, जयबागेश्वरी स्कुल नजिक, कर्णाली विकास बैंकको साइडमा रहेको ठूलो नालामा अहिले हरियो झार फोहोरले ढाकिएको छ ।
उपमहानगरपालिकाले यसबर्ष पनि समयमै नाला ढल सरसफाई नगर्ने हो भने बर्षात्मा नगर जलाम्मे हुने निश्चित नै देखिन्छ ।
(शब्द/तस्वीर : देबेन्द्रराज पौडेल)
यो पनि पढ्नुस्
‘नगर डुब्न दिन्नौं’