आयोगबाट निर्वाचन चिन्ह प्राप्त गर्ने दलहरु

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि दलहरुलाई निर्वाचन चिन्ह वितरण गरेको छ । व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने २८ दलले निर्वाचन चिन्ह प्राप्त गरिसकेको छन् ।

निर्वाचनमा भाग लिने दलहरु ८० रहेका छन् । निर्वाचन चिन्ह प्राप्त गरेका बाहेक निर्वाचनमा भाग लिने अन्य दलहरुले निर्वाचन अधिकृतले दिएको चुनाव चिन्ह लिएर स्वतन्त्र हैसियतमा चुनाव लड्नु पर्ने व्यवस्था रहेको छ ।


 

प्रतिक्रिया

प्रतिक्रिया