बाँकेमा अढाइ लाखले भोट हाल्न पाउने

स्थानीय तह निर्वाचनमा बाँकेमा कुल २ लाख ४६ हजार ७८ ले मतदान गर्न पाउने भएका छन् ।
यस मध्ये पुरुष मतदाताको संख्या १ लाख २५ हजार ९ सय ९३ र महिला मतदाताको संख्या १ लाख २० हजार ८४ रहेको छ । बाँकेमा १ तेश्राे लिंगी मतदाता छन् । त्यस्तै गरि बर्दियामा १ लाख २४ हजार ९ सय ६२ पुरुष र १ लाख २८ हजार २ सय १८ महिला गरि कुल २ लाख ५३ हजार १ सय ८५ मतदाता रहेका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको हिजो बेलुका सार्वजनिक गरेको विवरण अनुसार देशभरमा कुल १ करोड ४० लाख ५४ हजार ४८२ मतदाता रहेका छन् ।
पुरुष ७० लाख ६९ हजार ७ सय १४ र महिला मतदाता संख्या ६९ लाख ८४ हजार ६ सय २५ रहेको छ । तेश्राे लिंगी मतदाताकाे संख्या १ सय ४३ रहेकाे छ । स्थानीय तह निर्वाचनमा २०७३ फागुन ९ गते सम्म १८ वर्ष पुरा भई फोटोसहितको मतदाता नामावलीमा नामदर्ता गराएका मतदाताले मात्र स्थानीय तह निर्वाचनमा मतदान गर्न पाउने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया

प्रतिक्रिया