बाँकेका पालिकामा कति मतदाता ?

बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बाँकेमा कुल २ लाख ४६ हजार ७८ मतदाता रहेका छन् । सबैभन्दा बढी मतदाता नेपालगन्ज उपमहानगरपालिकामा छन् ।

क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जका अनुसार, नरैनापुर गाउपालिकामा १५ हजार ४३, राप्ती सोनारीमा ३३ हजार ७ सय ५४, बैजनाथमा ३२ हजार ४ सय ६२ मतदाता रहेका छन् ।

बाँकेको खजुरा गाउपालिकामा २९ हजार ४ सय १४, नेपालगन्ज उपमहानगरपालिकामा ६२ हजार ३ सय ९६ र डडुवा गाउँपालिकामा १७ हजार ६ सय ९ मतदाता रहेका छन् । त्यस्तै, जानकी गाउँपालिकामा १८ हजार ७८ र कोहलपुरमा ३७ हजार ३ सय २३ मतदाता रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

यो पनि पढ्नुस्

बाँकेमा अढाइ लाखले भोट हाल्न पाउने

प्रतिक्रिया

प्रतिक्रिया