कथा–१
उ बेला हाम्रा बा नैनसिङ राना (राना हवल्दार) गाउँको प्रहरी चौकिको असैइको कठाला समात्न सक्ने हक्की, निडर, बहादुर भनेर कोहलपुर, नौबस्ता चिसापानी तिर फेमस थे । भारतीय सेनाको रिटायड २/४ ‘युद्ध लडेका तालिममा अमेरिका समेत पुगेका बक्सिङको खेलाडी थे पल्टनमा । २/४ थान बन्दुक घरमा राखेर सिकार खेल्नु, पञ्चायतको पन्च, माननीयसँग उठबस र खानपिन गर्नु बा को दैनिकी थियो । केटा भेटे साला, भान्जा, भदै अनि केटिलाई साली, भान्जी, भदैनी साईनो लगाउने पल्टने बानी भएका रसिक । आफू पढ्न नसकेको भारतको गुलामी भएको कुरामा दुःख थियो । छोराछोरी पढुन भन्ने इच्छा थियो । तराईमा भए छोराछोरी ले पढ्लान अवसर पाउलान् मैले जस्तो दुःख नपाउन भनी रिटायड जीवनमा आफ्नो थात थलो नौमुले दैलेख न फर्की बाले म देश मै जग्गा किने । गाउँमा बिद्यालय खोल्न चन्दा दिए । जग्गा खोजे । पञ्चायत सँग राम्रो सम्बन्ध भएको कारण स्वीकृति पनि लिए तर हामीले माबी तहसम्म पढेनौ ।


घरमा पल्टनको झै शासन थियो । काम बिगारे १०१ पटक उठबस । ५० पटक पुस अप । कुदेर पोल छोएर आउन पर्ने । दाईको टाउको माथी भोगटे राखेर १ ईन्च बारुद भरेर भाईलाई बन्दुक पड्काउन लगाउने । बरुद लागेर दाइ ढल्ने बन्दुकको कुन्दाको प्रेसर म ढल्ने । काम बिगारे अनेक पीडा दिने गर्दथे । आमा ब्यबहार मा बाठी बाउको कहर खप्न न परोस भने उमेर भए पछि छोराहरुलाई भारत पठाई दिइन । पहिला जेठा अनि माइला हुँदै म गए ।


कथा–२
बैशमा झिल्के हुने नै भैयो साईकल चड्ने नेपालगन्ज फिलिम हेर्न बार बार आइरहने । घुमी रहने खालको थे म । भारत तिर जाने ६ महिनाको बात आउने । भारु पैसा ल्याउने २/४ महिना बस्यो फेरि उतै रमाना हुने । बा को पेन्सन । खान पुग्ने जग्गा । घर आउदा साइकल टेपरेकड आदि ल्याउने गाउँमा लाहुरेको छोरा मान भाउ अर्कै थियो । खजुरासम्म गाउँमा कतै विवाह पुजा भयो कि नाचे हेर्न पुगि हाल्ने बानी थियो ।


एक दिन गाउँमा सुर्खेत तिर बाट मगर केटी गाउँमा आकी छन् भन्ने हल्ला चल्यो । अब के चाहियो । गाउँका हिरोहरुले सुचना पाइहाले हेर्न पनि पुगे । छिमेकीको भदैनी रहिछिन । अलि लजालु, कम बोल्ने । २/४ दिन फुपुको मा बस्न आको रे पछि नेपालगन्ज जाने रे सबै सुचना थाहा पाई हाले । अब मेरो छिमेकिको घरमा बाक्लै आउजाउ हुन थाल्यो । बोल्ने बहाना बनाउन थाले । केटि अन्तर्मुखी स्वाभावको भएकाले जोडबल चलेन । उ बेला सवारी साधन कम थियो । साइकल हुने गाउँमा ठुलै मान्छे हुनै नै भो । भदैनी नेपालगन्ज पुर्याउन पर्ने भो छिमेकीले सहायता मागे । अब बल्ल चौका लगाए । खोजेको जस्तो सोचे जस्तो भो ।
म नेपालगन्ज पुर्याउन तयार भए ।


साइकलको यात्रा २/३ घन्टाको बाटोमा फिलिमका गफदेखि भारतका गुजरात बम्बै शहर रेल गाडी सबैको कुरा बाटामा गर्न भ्याए । हाईफाई गफ, रमाइलो मान्छे । सुर्खेतबाट झरेकी सोझी १७ बर्ष कि केटि मेरो गफमा मखख परिन् ।


केही दिन पछि म फेरि भारत गए । उताबाट चिट्ठी लेख्न थाले फिलिमी शैलिमा । उ बेला भारतीय फिलिमको प्रभाव थिदै थियो । आफ्नी मायालुलाई मन्दाकिनि सँग दाज्न थाले । उ बेला मन्दाकिनी चल्तिकी हिरोइन थिइन । राम तेरि गङा मैलि फिलिम रिलिज भएको ताकाको समय थियो । एक छत्र ‘सुन साइबा सुन प्यारका धुन’ गित बज्दथ्यो । एउटा दुर्गम पहाडको टुहुरि केटि शहरिया खानदानी कलेजबाट घुम्न आएको केटाको प्रेममा पर्छिन् । ठाम ठेगाना थाहा नभएको गर्भवती समेत भएको खोज्दै शहरमा पुगेर आफ्नो प्रेमी भेटेको दर्दनाक उ बेलाको कथा छ फिलिममा । उनै मन्दाकिनिको पोस्ट कार्ड पठाउन थाले चिठिमा ।


एकसालको बात आए । शान्ती शाक्य लज अगाडि भेट्ने कुरा भो । भारतीय अत्तर दलेका मग मग बास्ना छर्दै भेट्न पुगे । लर्के कपाल अजय देब गण स्टायलमा पालेको घाँटी सम्म । उ बेला जिन्सको पेन्ट जिन्सकै ज्याकेट लगाएर थे । केटिले सिलाईकटाई सिक्दै गरेको समयमा पुग्न पर्ने बताईन पछि ४ बजे सम्म नै पर्खे । अनि प्रस्ताब राखे । उनले स्विकारिन्न । घरको जेठि छोरी । बैनिहरु साना छन् आमालाई सहयोग गर्नु पर्छ हुन्न भनेर इन्कार गरिन् । भारत घुमेका फिलिमका अनेक चटक देखेको मैले फिलिम शैलिमा घुक्याए । बिलेटले नारी काट्छु आदि भनेर धम्काए । २/४ भेटमा नाई नास्ती गरे पनि कुनै दिन बिबाह गर्नै पर्छ यति जिद्दी गर्यो ल न त भनेर भागी बिबाह भयो ।


कथा–३
२०५२ सालको दशैको बेला थियो हामी भागेर दिदीको घरमा गयौ । दशै पुर्णिमाको दिन हाम्रो बिबाह भयो । यहि साईतमा रानाको घरको साईली बुहारी भएर भित्रिए । बाल मस्तिष्क छँदै थियो म भर्खर १७ बर्ष को थे । २/४ महिना श्रीमानको साथ रमाइलो सँग बित्यो । केही महिना बसेर मेरा श्रीमान कमाउन भारत गए । घरमा ४ जना बुहारी भै सकेका थियौ । चार संस्कारबाट आएको हामी मिल्ने कुरै भएन । हातमा चुराबबढी भए बच्छ भने झै आईमाई धेरै घरमा भए पछि नबज्ने कुरै भएन । म देहरादुनमा जन्मेको हुर्केको सुर्खेत आउँदा समेत केटा जस्तो कपाल काटेर पाइन्ट लगाएर हिन्ने गर्दथे । सानोदेखि खास घरयासी काम नगरेको मान्छे कामको बिषय मा भनाभन भै रहने । घाँस दाउरा ग्वाला जान पर्ने । यस अघि कहिले नगरेको काम सकस हुने नै भयो । बिस्तारै सिक्दै गए । ठुली जेठानी गुरुङ्को छोरी थिइन । गित गाउन सिपालु । जेठाजु पनि त्यो बेला गित गाउने । रेडियो नेपालको राष्ट्रिय दोहोरी गित प्रतियोगितामा बाँकेबाट भाग लिएर आउँदा प्रेम परेपछि बिबाह भएको रहेछ । २ साल भो क्यान्सरको कारण बित्नु भो । मैले सके जति सेवा गरे । साईली मेरो छोरी हेर्दिनु आमाको भुमिका तिमिले निभाउनु भनेर जानू भो । आफ्नै दिदि झै सबै काम सिकाइन । म श्रीमान बिना बस्दा समेत सम्झाइन माया दिइन । आमा साथी सबैको भुमिका निभाइन् ।


यता ससुरा बा मा केहि परिवर्तन थे न । बिहानै रक्सी खाने । गाउँ डुल्ने बानी छदै थियो । सिपाहीलाई गाली गरे झै आधा अङ्ग्रेजी आधा हिन्दिमा गाली गर्ने । साला तिमिहरुको ‘कोअर्डिनेसन’ मिलेको छैन अर्डरमा चल भन्ने तर छोराहरू लाई जस्तो दण्ड भने दिनु भएन । त्यही बर्ष जेठी छोरी जन्मी । गाउँको जिन्दगी चलेकै थियो । समय समयमा श्रीमान आउँथे नत्र पैसा पठाउने गरि रहे । तेस्रो बर्समा कान्छी छोरी जन्मी अब भारत नजाने यतै केही गर्ने कुरा भो ।

भारत मै सिकेको होटल ब्याबस्थापन र कुकिङको सीपले नेपालगन्जमा अमेरिकी नागरिकले चलाएको होटेलमा श्रीमानले म्यानजर को जागिर पाए । २ छोरीलाई राम्रो शिक्षा दिए । अहिले जिवनको ४० दुबैले पार गर्दा छोरी हरु बिए पढ्ने भए ।

कथा–४
नेपालबाट भारतको गुजरात पुगेका काम गर्नलाई गाउँ कै मामा पर्ने ले राधाकृष्ण हस्पिटालिटी कम्पनी मा जागीर लगाई दिए । लाहुरेको छोरा घुमेर खाको शुरुमै भाडा माझ्न लगायो । नगरे के गर्ने घर छोडेर आको । रिसले मुर्मुरिदै माझे । झाडु पोछा दले । गाउँमा देखिएको जस्तो मामाको रुप त्यहा देखिएन । मामा शकुनि पारामा खडा भए । गाली गर्ने पेल्ले तिर लागे । देशी गाली गर्न लागे । घरमा बा यता मामा को पेलान परे । एक दिन बिहान अफिसमा मालिक कृष्ण नायरको टेबलमा फोन बज्यो कसैले अग्रेजिमा मालिकलाई सोध्यो । मालिक दक्षिण भारतका थे । कम्पनी लेयश आर स्टिल र रिलायन्स ग्रुपको लेवर लगायत हजार कर्मचारीलाई खाना खुवाउँथ्थो ।


मैले अङ्ग्रेजी मै मालिक नभएको बताई दिए त्यो कुनै साउको साथीको फोन थियो । कुनै समय दुई जना कुरा हुँदा कसैले मालिक नभएको बतायो भन्ने कुरा भएछ । मालिक छक्क परे अङ्ग्रेजी बुझ्ने त मेरो अफिस कोही छैन कसले भन्यो भनी सोधपुछ गर्दा सानो नयाँ आएको नेपाली केटा भन्ने पत्ता लाग्यो । मालिकले बोलएर सोध्यो । अलिअलि जानेको थाहा पायो । यो केटा भविष्यमा काम लाग्छ भनी एक जना टिचर खोजेर मलाई अङ्ग्रेजी भाषा सिकाई दियो । तुरुन्तै सक्ने क्षमता भएको म ६ महिनामा भाषा जाने । अब दोहोरै कुरा जान्ने भए अङ्ग्रेजी हिन्दी सबै भाषा जाने मालिकले साहयक मेनेजर बनाई दियो । अब मामालाई तनाब हिजो मैले काम लगाई दिएको मानिस आज मलाई अराउने भो भनेर ।


क्षमतालाई कसले रोक्न सक्थ्यो पछि म्यानजर बने त्यो गुजरातकै ठूलो हस्पिटालिटी कम्पनी थियो । एकै पटक हजारौं मानिसलाई खान खुवाउने क्षमता थियो ।

कथा–५
अब २ छोरी पढाउने बेला भाको छ । सधै भारत बसेर पनि भएन । जागिरको हिसाबले राम्रो भए पनि केटाकेटीको लागि त्याग्ने निर्णय गरे । नेपालगन्जको होटेलमा जागिर खोज्दै हिडे । कतै पाइएन । माओवादी जनयुद्ध सुरु भै सकेको थियो । बन्दले गर्दा ब्यबसाय मन्द भै सकेको थियो । कसैले भन्यो एउटा बिदेशी महिलाले होटल खोलेको छ त्यहा हुन सक्छ । तर टिक्न गारो छ । खोज्दै बुढा बुढी नै गयौ । भित्र गएर सोधे । कसैले बोलाई दियो । मोटि चुरोट को बट्टा र लाईटर हातमा बोकेकी पातलो हाप पाईन्ट र टि सट लगाएको एक अध बैसे कुईरिनी बाहिर आई । पहिलै पटक थर्काउने कुरा गरि । ठुला ठुला कुरा । होटेल को खानाको विभिन्न कुरा सुनाउन लागि । योजना माथी योजना बताई । उसलाई खानाको ज्ञान पनि भएको । मार्केटिङ जान्ने । ब्यबस्थापन जान्ने । एकै मानिसमा १० जनाको गुण भएको कामदार चाहिएको रहेछ । यस अघि २/४ जना टिक्न नसकेर छोडेको र छ । अब मेरो परीक्षा हुने भयो । ‘मै ठग्ता सारा दिल्ली मुझको ठग्ता है घरका बिल्ली’ । उसको कुरा सुने पछि मैले धाराप्रबाह होटेल ब्याबस्थापन र खानाको कुरा सुनाए । मार्केटिङ योजना बताए पछि उ प्रभावित भै । जागिर हुने भो । खुसी हुँदै घर फर्कयौ । केही दिन पछि स परिवार नेपालगन्ज आयौ ।


तर, होटेल चलेन । मान्छे कोही न आउने । खाली खाली महिनौ भयो होटेल । तलब खुवाउन गारो हुन लाग्यो । साउनी को लोन रहेछ एनाईडिसिको त्यो तिर्न गारो भो । होटेल डुब्ने अबस्थामा पुग्यो । ब्याज किस्ता तिर्न नसकेर होटेल रेड लिस्टमा पुग्यो । कहाँ आरामले महिनामा तलब पाएको जागिर कहाँ कमाएर खान पर्ने भो । अब भालुको कन्पट भो । साउनी रुन थालिन अब तेरै भर छ के गर्छस् भन्न लागिन । एउटा बिदेशी नेपालमा ५२ लाख लगानी गरेको छ महिलाको त्यो अबस्था हेरेर बस्न पनि सकिन । नयाँ रणनीति बनाए मार्केटिङमा काठमाडौ निस्के ।
त्यो बेलासम्म द्वन्द्व चरम अवस्था पुगेको थियो । अब के गर्ने भारत नै जाने कि जस्तो समेत भै सकेको थियो । त्यति बेला शान्ति प्रक्रियाको लागि भनेर अनमिन आयो । बिदेशीको होटेल भने पछि नचल्ने कुरै भएन सबै बिदेशिको रोजाईमा पर्यो । अनमिनको व्यापार हातमा लिए । अरु सँग संस्था वर्ड बैक युरोपियन युनियन अमेरिकी अम्बेसी सबैलाई व्यापार मागे । काठमाडौ बसे २ हप्ता सबै एजेन्सीमा मार्केटिङ गरे ।


अब होटेल गज्जाबले चल्यो । साउनी खुशी भैइन । समयमा तलब पाइन थाल्यो । सर्भिस चार्ज नेपालगन्ज पहिलो पटक हामिले लियौ । यसैबीच माओवादीले चन्दा मागेर होटेल बन्द गराई दिए । यो क्रममा मेरो देशकै ठुला मानव अधिकारकर्मीसँग चिनजान भै सकेको थियो । सबै सँग भनसुन गराएर २ हप्ता पछि होटेल खोले । साउनीको लोन २ बर्समा तिरे सके । अब साउनी पनि खुसी । व्यापार सफल भए पछि एउटा म्यानेजर हुनुको नाताले म पनि खुसी थे । आफ्नै मेनु भएको घर जस्तो सबैको रोजाईको होटेल बन्यो ।


कथा–६
शान्ति वार्ता नेपालगन्जमा हुने भो । माओवादीको तर्फबाट डाक्टर बाबुराम भट्टराई सयोजक भए । सरकारको तर्फबाट कमल थापा उ बेला गृहमन्त्री थे उनै संयोजक बनेर बार्ता हुने भो । बार्ता हुनु अघि युद्ध बिराम भएको थियो । माओवादी अब खुलेआम भेटघाट गर्न थालेको थे । नेपालगन्जले संसारभरीको मिडियाको ध्यान तानेको थियो । बिबिसी सिएन एन अलजजिरा लगायत नेपालको सबै आए ।

बार्ता सफल बनाउन नागरिक समाजको तर्फबाट त्यो बेला गैरसरकारी सस्था महासंघको अध्यक्ष अहिलेको अमेरिकी राजदूत डाक्टर अर्जुन कार्की, हाम्रै होटेलमा बस्नु भएको थियो । बार्ता असफल भए पछि दाङको हापुरेमा बार्ता बस्ने भनी दुबै टोलि उठेछन् । बाबुराम भट्टराई भने अर्जुन कार्की भेट्न हाम्रै होटेल आउनु भो । पहिला माओबादी सुरक्षागार्ड आए पछि भट्टराई आउनु भो । हाम्रै होटेलबाट हापुरे जानू भो साझ बार्ता असफल भो । बाहिरको मानिस र प्रशासनको नजरमा त्यसपछि म माओबादी ठानिए । हाम्रो साउनी माओवादीसँग सरै प्रभावित भैइन । उनको मुद्दा जनताको पक्षमा भएको अब बिकाश हुन्छ । अघिल्ला सरकारले केही गरेन भनेर ०६४ सालको चुनाबमा माओबादिलाई भोट हालिन ।


कथा–७
होटेलको वरिपरि एउटा साप देखिन्थ्यो । प्रायः जाडोमहिनामा घुम्न आउथ्यो । होटेलको लक्षिन भनेर कसैले केही गर्दैन थे । यो देखिन लागेको ४÷५ बर्ष जति भएको थियो । एक दिन सपेराले समातेछ । म होटेल भित्र काम गरेर कसेको थिए वेटरले सर्प समातेर मणि निकालेर लग्यो भन्यो । म जादा सर्प झोलामा हाली सकेको हातमा रातो लाल गेडि भन्दा अलि ठूलो पत्थर समातेर बसेको । म झस्के के यो मणि नै हो त । मैले मेरो साथी सुरेन्द्र कार्कीलाई फोन गरेर बोलाए । उनले एक जना ज्योतिषी पनि ल्याए । धार्मिक स्वाभाबको उनको तान्त्रिक ज्योतिष सग धेरै उठबस थियो । यो बीच मा सपेरा र मेरो झगडा भै सक्यो । मैले मेरो हो दे भन्ने उ मैले निकालेको भन्ने । विवादको बीच ज्योतिष र कार्की जि आइपुगे अब म दरो भै सकेको थे । सबैले उसलाई फिर्ता माग्न लागौ तर दे न । प्रहरी बोलाउ दुई नम्बरी काम । लोभले लाप लापले बिलाप भने झै उसले १ लाख ५० हजार माग्यो । हामी दिन न सक्ने । बिस्तारै घट्यो । ज्योतिसले ओरिजिलन नै हो भनेर ठोकुवा गरे । कोरोड कमाउने चक्करमा ४८ हजारमा दिइने भैयो । २० हजार जति म सग थियो उनै कार्की एटियम घोट्न कुदे । तेलमा हालेर राख्ने तेल खान्छ उसैले सिकएर गयो । बिहान बेलुका धुप बाल्नु भन्यो । दैनिक बालियो । २/४ दिन पछि सुक्न थाल्यो । सुनार साथीहरुलाई बोलाएर देखाएको चिनेनन् । करोड कमाउने सपना तुहुयो । कार्कीको ज्योतिष मित्रले पनि सहि सल्लाह दिएनन् । काठमाडौ गए । न्यु रोडमा एक हिरा ब्यापारीलाई सोधे । नाग मणि नक्कली निस्कियो ।

प्रतिक्रिया

प्रतिक्रिया