नेपालगन्ज जुत्ता चप्पल व्यवसायी संघमा जैसीको नेतृत्व

नेपालगन्ज जुत्ता चप्पल व्यवसायी संघले नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार भएको संघको तेस्रो अधिवेशनले कविराम जैसीको अध्यक्षतामा आगामी कार्यकालका लागि कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।


कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा माधव पोखरेल, उपाध्यक्षमा इश्वरी पौडेल, महासचिवमा कुलराज संज्याल, उपमहासचिवमा अकबाल हुसेन, कोषाध्यक्षमा रविन पौडेललाई चयन गरिएको छ । त्यस्तै सदस्यहरूमा दुर्गा शाही, सरिता शर्मा, समशेर चन्द, आलोक सिंह, कृष्णा कुमारी, राम प्रसाद ढकाल, डम्मर बहादुर धामी चयन भएका छन् ।


संघमा अजिज अहमद सिद्दिकी, गुलाम हुसेन शेषलाई सदस्य मनोनित गरिएको छ भने वरिष्ठ सदस्य सौरभ अग्रवाललाई बनाइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया