नाइसको नयाँ वर्षः शुभकामनासँगै पात्रो विमोचन

नाइस नेपालगन्जले नयाँ बर्ष २०८१ को पहिलो दिन शुभकामना आदानप्रदान तथा नाइस नेपाली पात्रो २०८१ बिमोचन गरेको छ ।


नेपालगन्जको धम्बोझीस्थित पर्यटकीय स्थल वाटरपार्कमा शनिवार नाइस नेपालगन्जले शुभकामना आदान प्रदान तथा नाइस नेपाली पात्रो २०८१ बिमोचन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि, नेपालगन्ज उपमहानगर पालिकाका प्रबक्ता तथा वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले पात्रो विमोचन गर्दै पर्यटकीय स्थलमा कार्यक्रम गर्दा वाटरपार्कको प्रचारप्रसार समेत हुने अपेक्षा गरे ।


कार्यक्रमका अतिथि बरिष्ठ पत्रकार झलक गैरेले नया बर्षमा क्यालेन्डर संगै सोच र बिचार समेत परिबर्तन गर्न अपील गरे । बर्ष को पहिलो दिन पर्यटकीय क्षेत्रमा कार्यक्रम गर्नु नयाँ भएको उनको भनाइ थियो । नाइसले नाइस काम गरिरहेकोले यसलाई निरन्तरता दिन अनुरोध पत्रकार गैरेले गरे ।


त्यस्तै नाइस नेपालगन्जका निबर्तमान अध्यक्ष तथा गैर सरकारी सस्थ महासघका केन्द्रीय सदस्य नमस्कार शाहले शुभकामना दिदै नाइस नेपालगन्जले क्यालेन्डर प्रकाशन गरेकोमा खुशी ब्यक्त गरे । कार्यक्रममा नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देल, बासका निबर्तमान अध्यक्ष रमेश सिटौला, हरित अभियन्ता हेमन्त राज काफ्ले लगायतले शुभकामना मन्तब्य राखेका थिए ।


नाइसका अध्यक्ष हेमराज भट्टको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान तथा नाइस नेपाली पात्रो बिमोचन कार्यक्रमको सञ्चालन नाइसका सचिव कमल शाहीले गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया