बाँकेका तीन श्रष्टालाई पुरस्कार दिइँदै

सुदुर पश्चिमाञ्चाल साहित्य समाजद्वारा बाँकेका तीन जना स्रष्टा पुरस्कृत हुने भएका छन् । सुदुर पश्चिमाञ्चल साहित्य समाज धनगढीले प्रदान गर्ने विभिन्न सात ओटा पुरस्कारको घोषणा गर्दा बाँकेका तीन श्रष्टा पुरस्कृत हुने भएका हुन् ।


हालै सो संस्थाले २०७९ साल र २०८० सालमा प्रदान गरिने सात ओटा साहित्यिक, सामाजिक र प्राज्ञिक पुरस्कारको घोषणा गरेको हो । जस अनुसार देशभरिका १४ जना स्रष्टा, प्राज्ञिक व्यक्तित्व र समाजसेवीहरू पुरस्कृत हुने भएका छन् ।


२०८० सालको विष्णुदास यज्ञ साहित्य पुरस्कार नेपालगन्जकी किरण आचार्यलाई दिने निर्णय गरिएको छ । त्यस्तै २०७९ सालको जसुदा साहित्य पुरस्कार नेपालगन्जका खगेन्द्र गिरि कोपिलालाई र २०८० सालको जसुदा साहित्य पुरस्कार कोहलपुरकी अञ्जु न्यौपानेलाई प्रदान गर्ने निर्णय गरिएको छ। यी तीन ओटै पुरस्कार जनही २५ हजारका रहेको जानकारी उक्त संस्थाका अध्यक्ष तीर्थ राज पाण्डेयले दिए ।


निकट भविष्यमै कार्यक्रमको आयोजना गरेर पुरस्कार प्रदान गरिने जनाइएको छ । विभिन्न विधामा कलम चलाउने किरण आचार्यका सात, अन्जु न्यौपानेका दुई र कोपिलाका चौध पुस्तक प्रकाशित छन् ।

प्रतिक्रिया

प्रतिक्रिया