नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचनः आउँदै नतिजा, समावेशी अगाडी

नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि शनिबार भएको निर्वाचनको मत परिणाम आउन थालेको छ ।
अध्यक्ष पदको मतगणना सुरु भएको छ ।

यो समाचार तयार पारुन्जेल, अध्यक्ष पदका उम्मेदवार टंक बहादुर धामीले सुरुवाती अग्रता लिएका छन् । ६४४ मत गणना गरिरहँदा धामीले ३ सय ८७ मत प्राप्त गरेका छन् भने ललित रौनियारले २ सय ३६ मत प्राप्त गरेका छन् ।


संघको आगामी कार्यकालको लागि शनिबार भएको मतदानको मतगणना अहिले जारी रहेको छ । प्रारम्भिक मत परिणाम अनुसार, समावेशी प्यानलको अग्रता देखिएको छ ।


यो समाचार तयार पारुन्जेल, अध्यक्षमा टंक धामी र १० मध्ये ७ सदस्यमा समावेशी प्यानलका उम्मेदवार अगाडि छन् । साझा प्रजातान्त्रिक ३ उम्मेदवार सदस्य पदमा अगाडि देखिएका छन् ।


वस्तुगत तर्फ समावेशीले समर्थन गरेका किसन गुरुङ्ग विजयी भएका छन् भने साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका दुई उम्मेदवार हिमनाथ पौडेल र विनय श्रेष्ठ बीच बराबरी भएपछि आधाआधा कार्यकाल बाँढ्ने सहमति भएको छ ।


एशोसिएसट तर्फ समावेशी प्यानलका कमल कार्की र प्रदिप कुमार गुप्ता विजयी भएका छन् । कार्की समावेशी र गुप्ता साझा प्रजातान्त्रिकका उम्मेदवार हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया