नेपालगन्जको कारकाँदोमा रहेको पौरखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १६ औं साधारणसभा शनिबार आयोजना गरेको छ ।

संस्थाका अध्यक्ष दुर्गा प्रसाद अधिकारीको अध्यक्षतामा भएको साधारणसभा उद्घाटन गर्दै प्रमुख अतिथि, सहकारी विकास बैंकका सञ्चालक विजया धितालले सहकारी आन्दोलनलाई थप मजबुत बनाउँदै लैजानु पर्ने आवश्यकता औंल्याइन् ।
विशिष्ट अतिथि रहेका संस्थाका पूर्व अध्यक्ष हरि प्रसाद तिमिल्सिनाले पौरखीले सहकारी नीति र ऐन, कानुनको परिधिभित्र रहेर निरन्तर अगाडि बढिरहेको बताए ।
साधारणसभामा पछिल्लो एसइइ परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने शेयरधनीका सन्तानलाई संस्थाले नगद सहित सम्मान गरेको थियो ।
यसबर्ष शेयरधनी ऋतु गैरेकी छोरी सन्ध्याले सर्वोत्कृष्ट छात्राको पुरस्कार प्राप्त गरिन् । कार्यक्रमका प्रमुख अतिथि धिताल र विशिष्ट अतिथि तिमिल्सिनाले सन्ध्या गैरेलाई दोसल्ला ओढाउनुका साथै कदरपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।








