नयाँ शाखा विस्तारमा भायानेट

उच्च गतिको इन्टरनेट र टेलिभिजन सेवाका लागि परिचित भायानेट कम्युनिकेसन लि. ले आफ्ना शाखा विस्तारमा तिब्रता दिएको छ । त्यसक्रममा तीन वटा नयाँ शाखा विस्तार गरेको भायानेटले यसैसाता थप नयाँ शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेको जनाएको छ ।


क्षेत्रीय प्रवन्धक भानु भक्त रेग्मीका अनुसार, घोराही तुलसीपुर र सुर्खेतमा अघिल्लो महिना देखि शाखा सञ्चालनमा ल्याएको भायानेटले आफ्नो सेवा विस्तार गर्ने क्रममा महेन्द्रनगर, रुपन्देहीको सैनामैना र मणिग्राममा पनि यसै हप्ता देखि थप ३ शाखा सञ्चालनमा ल्याउन लागेको हो ।


कम्पनीले सुर्खेतको सर्भिस सेन्टर बीरेन्द्रचोकमा, घोराहीको बी.पी. चोक क्यापिटल हस्पिटल घरको तेस्रो तलामा र तुलसीपुरको सर्भिस सेन्टर मनपुररोडएन आई सीएशिया बैंक नजिकै आफ्ना शाखा विस्तार गरेको जनाएको छ ।
शाखा विस्तारसँगै त्यस क्षेत्रका सर्वसाधारण उच्च गतिको इन्टरनेट सेवाबाट लाभान्वित हुने कम्पनीको विश्वास छ ।
तीन स्थानमा नयाँ शाखा खोलेसँगै कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा ४ महिनासम्मको फ्री ओपेनिङ अफर उपलब्ध गराएको छ ।

यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाइफाइ डिभाइस र भायाटिभीको प्राइमरी सेट–अप–बक्स इन्स्टलेसन पनि निःशुल्क पाउनेछन् । ‘यो सुविधा भने कम्पनीले सीमित अवधिको लागि ल्याइएको हो,’ क्षेत्रीय प्रवन्धक रेग्मीले भने ।
भायानेटले नेपालगन्ज उपमहानगरपालिकासँगको समन्वयमा सबैजसो वटाका सार्वजनिक स्थानहरुमा निशुल्क वाइफाइको योजना पनि विस्तारका लागि कसरत गरिरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया