‘‘हात्ती मेरो साथी” टिकटक च्यालेन्जमा जानकी कुमारी बराल प्रथम भएकी छन् ।

हात्ती ८ स्ट्रङ्ग बियरले जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको परिसरमा एक कार्यक्रम बीच उक्त च्यालेन्जमा भाग लिन सहभागीहरूले टिकटकमा उपलब्ध ‘‘हात्ती मेरो साथी”को गीतमा नाचेर आश्विन १५ देखि मङ्सिर १४ भित्र टिकटक भिडियो अपलोड गरेका थिए ।
सर्वाधिक लाईक प्राप्त गरि पहिलो हुन सफल जानकी कुमारी बरालले नगद रू. १,००,००० प्राप्त गरेकी हुन् । दोस्रो हुन सफल चन्द्र कुमारी फुयाल (हजुरआमा)ले नगद रू. २५,००० तथा तेस्रो हुन सफल सुरुची श्रेष्ठले नगद रू. १०,००० को साथै तीनै विजेताहरुले २ जनाको लागि २ रात ३ दिनको सौराहा भ्रमणको प्याकेज प्राप्त गरेका छन् ।
यस प्रतियोगितामा नेपालका विभिन्न ठाउ“बाट आएका विभिन्न उमेर समूहका थुप्रैले बनाएको नाचेको टिकटकभिडियोहरू ३० लाख भन्दा बढी पटक हेरिएको थियो ।