भुसाल ग्रुप अफ कम्पनीले शनिबार ११औं बर्ष प्रवेश गरेको छ । भुसाल ग्रुपका प्रबन्ध निर्देशक जि।आर। भुसालका अनुसार, विभिन्न कार्यक्रम गरि यो अवसरलाई उत्सवका रुपमा मनाइएको छ ।
भुसाल ग्रुपले यतिबेला अत्याधुनिक ढोका उत्पादन गरिरहेको छ । प्रबन्ध निर्देशक भुसालका अनुसार, ५३ जना कर्मचारी कार्यरत यो उद्योग कोभिड र त्यसपछिको आर्थिक मन्दीले रोजगारी कटौती गरेर सीमित जनशक्तिमा आफुलार्ई अगाडी बढाइरहेको छ ।
भुसालले अत्याधुनिक तयारी ढोकासँगै झ्यालढोकाका लागि चाहिने आधुनिक पर्दा, त्यसका आवश्यक आवश्यक संशासन मात्रै होइन तीन महिनामा औसत घर तयार हुने प्रिकाष्ठ प्रविधिमा आफ्नो लगानी बिस्तार गरिरहेको देखिन्छ । ‘विदेशमा महिना÷तीन महिनामै घर तयार हुने प्रविधि यही हो’, भुसालले उद्योग परिसर भित्र रहेको प्रिकाष्ठ प्रविधि देखाउँदै भने ।
१० करोड बढीको लगानीमा भुसाल गु्रप हाँकिरहेका प्रबन्ध निर्देशक जि।आर। भुसालले कम्पनीको ११औं बर्ष प्रवेशको पूर्व सन्ध्यामा उद्योग परिसरमा दिपावली गरिरहँदा स्थापनाका बर्ष सम्झिए । ‘काठमाडौंबाट रेडिमेड ढोका ल्याएर भाडाको सटरमा बुबाले व्यवसाय सुरु गर्दा एक लाख ७४ हजार लगानी भएको सम्झन्छु’, भुसालले आफ्नै भवनमा तयारी ढोकाको शोरुम, आकर्षक पर्दा घर र घरका लागि आवश्यक विभिन्न स–साना संशाधनहरूको आफ्नै ब्राण्डेड पसल परिसर देखाउँदै भने । उनका अनुसार, तमाम आर्थिक चुनौति बीच पनि भुसाल गु्रपले थोरै जनशक्तिबाट धेरै उपलब्धी हासिलका प्रयासमा निरन्तर लगानी बिस्तार गरिरहेको छ ।
‘परिस्थिति सहज हुनासाथ पुरानै अवस्थामा जनशक्ति तयार हुनसक्छन्’, कोभिड अगाडि झण्डै ६५ जनालाई रोजगारी दिएको भुसाल ग्रुपले हाल २३ जनामा खुम्चिनु परेको दुखेसो सुनाउँदै प्रबन्ध निर्देशक भुसाल भन्छन्, ‘जनशक्ति थप गरेर उत्पादन वृद्धिका लागि बैंकिङ्ग लगानीको सहजता पर्खिरहेका छौं ।’