भरोसाको साधारण सभा, फेरिए सचिव

भरोसा बहुउद्देश्यीय सहकारी संस्थाको तेस्रो साधारणसभा उद्घाटन गर्दै जिल्ला सहकारी संघ बाँकेका उपाध्यक्ष मिना सिग्देलले खराब काम गर्ने सहकारीहरूलाई निगरानी गरेर नियमनका लागि सचेत बनाउँदै आएको बताएकी छन् ।


शनिवार नेपालगन्जमा भएको भरोसा बहुउद्देश्यीय सहकारी संस्थाको तेस्रो साधारणसभामा नेफ्स्कुन सदस्य सेवा कार्यालय बाँकेका प्रमुख छत्र प्रसाद धमलाले सहकारी सचेतनाका लागि आवश्यक प्रशिक्षण दिंदै भरोसाका शेयर सदस्यहरू बीच विभिन्न जानकारी प्रस्तुत गरेका थिए ।


भरोसाका अध्यक्ष बम बहादुर रावलको अध्यक्षतामा भएको साधारणसभा उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत तेज बहादुर रावलले हालसम्मको आर्थिक कारोबार, लगानीका क्षेत्र, प्राथमिकता र आगामी कार्ययोजनाको प्रस्तुतिकरण गरे ।


कार्यक्रममा आर्थिक बर्ष २०८०÷०८१ मा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरू कमल प्रसाद पौडेल, रामकुमार सिंह राठौर, मो. सरिफ बागवान, पदम बहादुर विक, राजन ढुंगाना, भीम बहादुर चौधरीलाई कदर पत्र प्रदान गरी सम्मान गरिएको थियो ।


त्यस्तै, भरोसा स्मार्ट मोबाइल बैंकिङ्ग एप तथा एसएमएस बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको भरोसाले त्यसमा उत्कृष्ट कारोबार गर्ने देवी सिंहलाई पुरस्कृत गर्यो । उत्कृष्ट बचतकर्ताका रूपमा धर्मेन्द्र बहादुर सिंह तथा लगानीकर्ता तर्फ शंकर शाह, कृष्ण प्रसाद काफ्ले, रिया कार्की र मो. आवेश जसगढलाई सम्मान गरिएको भरोसाका प्रमुख कार्यकारी अधिकृत रावलले जानकारी दिए ।


शनिबार नै बन्दसत्रले अघिल्लो आर्थिक बर्षको प्रतिवेदन पारित गर्दै आगामी आर्थिक बर्षको बार्षिक लक्ष्य, बजेट र योजना तथा कार्यक्रम समेत पारित गरेको प्रमुख कार्यकारी अधिकृत रावलले बताए । उनका अनुसार, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा समिति संयोजक समिर पौडेल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष मिना बोगटीले प्रस्तुत गरेकी थिइन ।


साधारणसभाले सञ्चालक समितिको सचिवमा विकास भट्टराईलाई ल्याएको छ । भने, लेखा सुपरिवेक्षण समितिको सदस्यमा मो. सहवाज हलवाई र उपेन्द्र प्रताप सिंहलाई नियुक्त गरेको जनाएको छ । अघिल्ला जिम्मेवार पदाधिकारीले दिएको राजिनामा स्वीकृत गर्दै साधारणसभाले नयाँ नियुक्ति गरेको अध्यक्ष रावलले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया