होटल व्यवसायी संघ बाँके नेपालगन्जको १८ औं साधारणसभा तथा १० औं जिल्ला अधिवेशन तय भएको छ ।

संघका अध्यक्ष भीमलाल कंडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले आगामी फागुन १५ गते संघको जिल्ला अधिवेशन तय गरिएको प्रवक्ता डिलाराम पौडेलले जानकारी दिए । सोमवार बसेको बैठकले संघको आधिकारिक वेभ साइट सञ्चालन गर्ने, होटल व्यवसायीहरुलाई डिजिटलाइज्ड हुन आग्रह गर्ने लगायतका निर्णय गरिएको बताइएको छ ।








