नाट्टाले गर्यो बाँके बर्दियामा सहयोग

नाट्टा नेपालले भेरी अस्पताल र अक्सिजन बैंक बर्दियाका लागि सहयोग गरेको छ । नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलका अनुसार, समस्याका आधारमा देशका विभिन्न ठाउँमा नाट्टाले सहयोग गरेको हो ।


भेरी अस्पतालमा कोभिड उपचार गरिरहेका विरामी र विरामीका कुरुवाका लागी खानाको ब्यवस्थापन गरिरहेको अंजनी माता रसोई श्री सुन्दरकाण्ड मित्र मण्डललाई सहयोग गरिएको अध्यक्ष सिग्देलले जानकारी दिए । नाट्टाले उपलब्ध गराएको करिव १ लाख २ हजार रूपैया बराबरको चामल, दाल, तेल, नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख डा. धवल शम्सेर राणा, उप प्रमुख उमा थापा मगर, अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, अस्पताल प्रमुख डा. प्रकाश थापा सदस्य धनिराम वलीको उपस्थितिमा अंजनी माता रसोई श्री सुन्दरकाण्ड मित्र मण्डल परिवारलाई हस्तान्तरण गरिएको हो ।
सोमवारनै नाट्टा बाँकेका अध्यक्ष सिग्देलले बर्दियामा नागरिक स्तरबाट सञ्चालनमा ल्याइएको अक्सिजन बैंकका संयोजक भरत पौडेललाई एक लाख रुपिया हस्तान्तरण गरेका छन् । आवश्यकताका आधारमा थप सहयोग गरिनेछ, अध्यक्ष सिग्देलले दैनिक नेपालगन्जसँग भने ।

नाट्टा बाँकेको आग्रहमा राहत तथा सहयोगका लागि नाट्टा केन्द्रीय कार्यसमितिले रकम उपलब्ध गराएको अध्यक्ष सिग्देलले बताए । पश्चिम नेपालको पर्यटन गतिविधिमा सक्रिय रहेको नाट्टा बाँके कोभिड महामारीले निषेधाज्ञा भएपछि राहत वितरणमा लागेको छ । 

प्रतिक्रिया

प्रतिक्रिया