अहो त्यो १६ घन्टा प्याडलिङ्ग


साइकलको एडिक्सन अचम्म कै हुँदो रहेछ, मैले पढेको थिए कफि सन्सारमै बैध लागुऔषध हो किन कि कफिमा क्याफिन हुन्छ तर लाटे, क्यापिचिनो र अमेरिकानो भन्दा बढी मज्जा साइक्लिङ्ग मा भेटे यो मेरो ३ बर्ष देखिको निरन्तर साइक्लिङ्ग को अनुभव हो।


एकसाता अघि को शनिबार अलि लामै साइक्लिङ्ग को भुतसवार भयो आफैं ले आफुलाइ नै च्यालेन्ज गरियो अहिलेसम्म बढी मा एकैदिन १२५ किमि भन्दा बढी साइकल कुदाएको थिइन त्यसैले यो रेकर्ड ब्रेक गर्नुथियो अनि तयारी गर्दै गर्दा यो यात्रा का लागि नेपालगन्ज साइक्लिङ्ग क्लब आबद्ध लवराज श्रेष्ठ , प्रदीप सापकोटा , राजेस गुप्ता , अल्भिन कार्की र म गरि ५ सदस्यीय टोलि तयार भयो साथीहरू बिहान् ५ बजे नै खजुरा आइपुग्नुभयो म पूरा तयारी का साथमा थिए अनि बढियो गन्तव्य तर्फ । गुलरिया मा पुगेर चिया पिइयो, अनि बेलुवा मा पुगेर साधारण खाजा त्यसपछि नेपालकै सबैभन्दा लामोपुल गेरुवा मा पुगेर विश्राम गरियो २र४ थान फोटो खिचियो त्यो भन्दा अगाडि को गन्तव्य मेरालागि नौलो थियो म अहिलेसम्म एति नजिकै को राजापुर बजार पुगेको थिइन राजापुर भन्ने बित्तिकै पश्चिम तराईको अन्नभन्डार भनेर चिनिन्थ्यो अनि मलाई राजापुर को एउटा कुरा याद थियो प्रकाश राजापुरी जो नयाँ मुलुक का चर्चित साहित्यकार हुनुहुन्थ्यो कस्तो होला राजापुर जसलाई वरिपरि बाट कर्णाली नदि ले घेरेको छ टापु नै भनेको सुन्थे त्यहाँ पनि ४ दशक को यो जिवनयात्रामा पहिलोपटक त्यो पनि साइकल मै टेक्ने मौका पाए। बडो रमाइलो ठाउँ लाग्यो मलाई राजापुर हामीले टिकापुर पुगेर नेपालगन्ज सोही दिन फर्किने टार्गेट सहित निस्केको हुँदा राजापुर पुरै घुम्न सकिएन मैले सुनेको थिए राजापुर मा उन्नत प्रबिधि का धान मिल हालिएको थियो अरे टनकाटन चावल त्यहाँ उत्पादन गरेर देशैभरी पुर्याइन्थ्यो तर उक्त उधोग क्षेत्र घुम्ने र हेर्ने फुर्सद जुरेन हामी राजापुर मा केहि बेर सुस्ताएर फेरि अगाडि बढियो सतिघाट तरेर कैलाली टेकियो त्यतिगर्दा हामीले ३ जिल्ला छोइसकेका थिउ बाके, बर्दिया र कैलाली यी जिल्ला हरु को छुट्टै आत्मियता र पहिचान छ यी सहित कंचनपुर जङ्गबहादुर राणाले लखनउ बिद्रोह दबाउन अंग्रेज़ लाई सहायता गरेबापत फिर्ता उपहारस्वरूप पाएका जिल्ला हुन् जसलाई नयाँ मुलुक समेत भन्ने गरिन्छ। हामी १ बजे तिर कैलाली को टिकापुर बजार पुगियो र टिकापुर मा सानो होटल बाट शुरु भएर आज राजधानी काठमाडौ सहित देशका प्रमुख शहर हरु मा स्टार लेभल को सेवा सुबिधा पुर्याइरहेको सिधार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिको होटल सिधार्थ मै खाना खाइयो।

सतिश निरौला

टिकापुर पुगिसकेका हामी त्यहाँ को प्रमुख पर्यटकीय गन्तव्य टिकापुर पार्क नपसी फर्किने कुरै थिएन खाना खाएर केहिबेर सुस्ताएपछी हामी पार्क तिर हानियो पार्क मा भब्य स्वागतद्वार निर्माण हुँदै रहेछ सायद कोरोना महामारी कै कारण ले हुनुपर्छ एतिबेला पार्क बन्द रहेछ अनि हामी फिर्ती सवारी तिर लागियो सतिघाट, राजापुर, मानपुरटपरा, लामोपुल, ओरालिबजार, बेलुवाचोक, ताराताल, गुलरिया , गणेशपुर , सितलाबजार, कन्ठपुर, मैनापोखर, भोलागौडी, मानखोला, खजुराबजार हुँदै टोलि नेपालगन्ज पुग्यो म चाहिँ खजुरामै रोकिए एति गर्दा मैले १६ घन्टा को प्याडलिङ्ग पुरा गरिसकेको थिए भने १७१ किलोमीटर को दुरि पार भएको थियो र ५६४८।५० क्यालोरी बर्न भएको रेकर्ड हामीले साइक्लिङ्ग का लागि मोबाइल मा प्रयोग गरेको एप्स ले जानकारी दिएको थियो।
एकैदिन लगातार को यो साइकल यात्रा एककिसिमले भन्दा पागलपन नै थियो, हाम्रो बाटो मा रोकिदा सोध्नेहरु हामी नेपालगन्ज बाट टिकापुर पुगेर नेपालगन्ज नै फर्किन लागेको भन्दा धेरै किसिम का प्रश्न गर्थे मानिसहरु कसैले पैसा का लागि चलाएको सम्झिए होलान् त कसैले पागल नै पनि ठाने होलान् ।बाटामा भेटिने केटाकेटी हरु कोहि गोराहरु गियरवालासाइकलमा भन्दै हातहल्लाउथे केहि बुढाबुढिले चाइनिज पनि भनेको सुनियो। साइकलमा नै सन्सारलाइ साढे ५ फन्को लाउने पुष्कर शाह को कथा पढेको र उहाँ सङ्ग थुप्रै साइकल यात्रामा सङ्गसङ्गै हिडेका हामी ले यो यात्रा लाई यत्रो ठुलो भूगोल को एउटा सानो मात्र होइन महासानो यात्रा न गरेका थिएउ तर पनि नयाँ अनुभव , अनुभूति र परिवेश चिहाउन पाउँदा १६ घन्टा को साइकल यात्राका सबै थकाइ रोमान्चित हुँदै बिर्सिएका थियौं।

प्रतिक्रिया

प्रतिक्रिया