सुबिसु केबल नेट प्रालिले आफ्ना ग्राहकका लागि सुबिसु सेल्फ केयर पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ । नेपालको अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनीको परिचय बनाउन सफल सुबिसुले समयको माग अनुसारको सेवा विस्तार गर्दै सो सेवा सञ्चालनमा ल्याएको हो ।
सुबिसु सेल्फ केयर पोर्टलको प्रयोगबाट ग्राहकले आफुले खरिद गरेको सेवाको बारेमा विविध जानकारी लिन सक्नुको साथै अनलाइन भुक्तानीबाट सेवा नविकरण गर्न पनि सकिने गरी व्यवस्था मिलाईएको छ । भने आफ्नो हालको सेवालाई आफुले चाहे अनुरुप विभिन्न सेवा प्लानमा अपग्रेड गर्न सक्ने व्यवस्था थप गरेको छ ।
ग्राहकको सहजता एवमं् सेवाको पारदर्शीताका लागि सेल्फ केयर पोर्टल सञ्चालन गरिएको विश्वास लिइएको छ । र आउने दिनहरुमा यस पोर्टलमा विभिन्न उपयोगी सेवाहरु पनि थपिदै लगिने छ ।
सुबिसु सेल्फ केयर पोर्टल selfcare.subisu.net.np बाट प्रयोग गर्न सकिने छ साथै www.subisu.net.np मा रहेको customer login द्वारा पनि प्रयोग गर्न सकिने जनाईएको छ ।