अगाडी बढ्यो, औद्योगिक ग्राम

बाँकेको खजुरामा औद्योगिक ग्रामको काम अगाडी बढाइएको छ । सरकारले मुलुकभर एक गाउँपालिका एक औद्योगिक ग्रामको अवधारणाका क्रममा परेको परियोजना अगाडी बढाइएको हो ।
जग्गा संरक्षणका लागि तारबार र सुरक्षा गार्ड बस्ने भवन पहिलो चरणमा बनाइदै छ, ९२ लाख बजेटमा काम भइरहेको जानकारी दिंदै खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले दैनिक नेपालगनजसँग भने, अब निरन्तर काम अगाडी बढ्छ । उनका अनुसार, औद्योगिक ग्रामसम्म स्तरिय १२ मिटर चौडा ग्राभेल सडक पनि बनाउन लागिएको छ ।


नेपाल सरकार, उद्योग तथा बाणिज्य मन्त्रालयले आर्थिक वर्ष २०७६ र ०७७ नीति तथा कार्यक्रम अन्तर्गत एक गाउँपालिका एक औद्योगिक ग्राम स्थापना गर्न देशभर बाट ३२ वटा पालिका छनोट हुँदा पहिलो चरणका ६ वटा गाउँपालिकामा खजुरा पर्न सफल भएको हो । २६ वटा नगरपालिका र ६ वटा गाउँपालिका छनोट भएका थिए ।
बाँकेमा खजुरा गाउँपालिका मात्र औद्योगिक ग्राम निर्माण गर्नको लागि छनोटमा परेको छ । योजना अधिकृत दिल बहादुर पौडेलका अनुसार, खजुरा गाउँपालिका वडा न।६ उढरापुर पुरैनीमा रहेको २१ विगाह सरकारी जग्गामा निर्माण कार्य अघि बढाइएको हो ।
खजुरा गाउँपालिकाले गौरवको योजनाका रुपमा लिएर औद्योगिक ग्रामलाई सफल बनाउने पालिका प्रमुख कक्षपतिको भनाइ छ । (हेर्नुस् भिडियो रिपोर्ट)

प्रतिक्रिया

प्रतिक्रिया