नेपालगन्जमा पहिलो पटक ‘भोजन शिष्टाचार’ प्रशिक्षण आयोजना गर्न लागिएको छ ।
भिन्टेज कलेज अफ होटल तथा टुरिजम म्यानेजमेन्टले नयाँ पुस्ताको लागि भोलि आइतबार देखि भोजन शिष्टाचार सम्वन्धि एक साता लामो प्रशिक्षण सञ्चालन गर्न लागिएको हो ।

भिन्टेज कलेजका प्रधानाध्यापक गजेन्द्र मल्लका अनुसार, पश्चिमा संस्कार संग सम्बन्धित सकारात्मक आधुनिक भोजन शिष्टाचार प्रशिक्षण गर्न लागिएको हो । आथित्य संस्कारका विज्ञसमेत रहेका कलेजका प्रधानाध्यापक मल्ल र पाँचतारे होटलका कार्यकारी सेफ राजेन्द्र घिमिरे सहजीकरण गर्ने कार्यक्रममा औपचारिक कार्यक्रममा सहभागी हँुदा प्रस्तुत गर्ने व्यबहारसमेतलाई प्रशिक्षण गरिनेछ ।
‘त्यस्तो व्यवहारले हाम्रो विनम्रता र संस्कारलाई झल्काई रहेको हुन्छ,’ विज्ञ मल्लले आयोजनाबारे दैनिक नेपालगन्जसँग भने, त‘सर्थ हाम्रो पुरातनवादी विचारलाई बदल्न जरुरी छ । त्यसको लागी आधुनिक रहन सहनको जानकारी आवश्यक छ ।’ मल्लले हरेकले आधुनिक भोजन शिष्टाचार प्रशिक्षणमा सहभागिता जनाउन आवश्यक रहेको जोड दिंदै भने, ‘हाम्रो सभ्य संस्कार नै समाजको दर्पण हो । हामी यस्तो संसारका प्राणी हौँ जसको निर्णय अरुको हातमा छ र हामी सकारात्मक निर्णयको खोजीमा हुन्छौं ।’










