सौराह पुग्यो सद्धार्थ ,सिद्धार्थको सौराहमा २३ औं शाखा


हस्पिटालिटी ब्यवसायलाई देशैभर बिस्तार गर्ने तयारी गरिरहेको छ

नेपालगन्ज – हस्पिटालिटी क्षेत्रमा देशव्यापी सञ्जाल विस्तार गर्दै आएको सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले नेपालको प्रमुख पर्यटकीय गन्तब्यको रुपमा रहेको चितवनको सौराहमा सेवा सञ्चालनमा ल्याएको छ ।


नेपाल भ्रमण बर्ष २०२० लाई मध्यनजर गरेर सिद्धार्थ गु्रपले सौराहमा सेवा विस्तार गरेको सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले जानकारी दिए । नेपालगन्जमा चारतारे होटेल सहित चितवनको चुम्लिङटार, सुर्खेत र कर्णाली चिसापानीमा रिसोर्टहरु संचालन गर्दै आएको सिद्धार्थको यो २३ औं शाखा हो ।


‘महेन्द्रनगर, टीकापुर , नेपालगन्ज, बुटबल र काठमाडौमा सुबिधा सम्पन्न होटेल, रेष्टुरेन्ट, क्याफे गरी २३ वटा आउटलेटहरु संचालनमा छन्, सिद्धार्थ गु्रपका निर्देशक केशव न्यौपानेले दैनिक नेपालगन्जसँग भने, ‘छिटै विर्तामोडमा अर्काै शाखा सञ्चालनको तयारीमा छौं ।’
होटेल, रिसोर्ट, रेष्टुरेन्ट मार्फत हस्पिटालिटी ब्यवसाय संचालन गर्दै आएको सिद्धार्थ गु्रपले भैरहवामा ठुलो लगानीमा पाच तारे होटेल निर्माण भइरहेको जनाएको छ । ‘सिद्धार्थ गु्रपले हस्पिटालिटी ब्यवसायलाई देशैभर बिस्तार गर्ने तयारी गरिरहेको छ,’ प्रमुख कार्यकारी अधिकृत न्यौपानेले भने ।


आफ्नै पूर्वाधारमा लगानी गरिरहेको सिद्धार्थ गु्रपले पछिल्ला दिनमा व्यवस्थापकीय जिम्मेवारी पनि सम्हाल्न थालेको छ । महेन्द्रनगरबाट सुरु गरेको उक्त जिम्मेवारी सौराहमा पु¥याएको हो । ‘सञ्चालनमै रहेको उत्कृष्ठ मध्येको रिसोर्टलाई सिद्धार्थ गु्रपले व्यवस्थापकीय नेतृत्व लिइएको हो,’ निर्देशक न्यौपानले भने ।


सिद्धार्थ गु्रपले नेपालगन्जमा चार तारे भ्यू सिद्धार्थ होटल, सिद्धार्थ कटेज र सिद्धार्थ क्याफे एण्ड बेकरी सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया