नेपालगन्ज – मनघरी फाउण्डेसनले काठमाडौं देखि नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डो सम्म साहसिक यात्रा गराउने भएको छ । ‘पशुपति देखि फोक्सुण्डो’ यात्राको नाम दिइएको अभियानलाई काठमाडौंसँग कर्णाली जोड्ने उद्देश्य रहेको फाउण्डेसनले जनाएको छ ।
बर्दियाको पर्यटकीय नक्शा प्रकाशन, दैलेख सुर्खेत, नेपालगन्ज र काठमाडौंमा समृद्ध मध्यपश्चिम तस्विर तथा बृत्त चित्र प्रदर्शन लगायतका पर्यटकीय विकासका काम गर्दै आएको फाउण्डेसनले ‘पशुपतिदेखि लुम्बिनी हँुदै बागेश्वरी’ यात्रा पनि प्रस्ताव गरेको छ । ‘फोक्सुण्डो ताल गन्तवय स्थल भएपनि कर्णाली प्रदेशका जाजरकोट, सल्यान,रुकुम जिल्लाका पर्यटकीय स्थल जोड्ने हाम्रो प्रयास रहने छ,’ नासा बुलेट क्लब र मनघरी फाउण्डेशनको सयुक्त आयोजनामा यात्रा गर्न लागिएको जानकारी दिंदै फोटो पत्रकार भरतबन्धु थापाले भने । पत्रकार थापा फाउण्डेसनका प्रमुख हुन् ।
‘समृद्ध कर्णाली प्रदेश –कला, संस्कृति, भेष, भाषा र प्राकृतिक हिसाबले धनी छ कर्णाली प्रदेश, प्रकृतिको अनुपम उपहारका रुपमा संसारभर परिचित भएर पनि कर्णाली प्रदेश भोग,रोग र अशिक्षाले ग्रस्त छ,’ पत्रकार थापाले दैीनक नेपालगन्जसँग् भने, ‘स्रोत पहिचान र कर्णालीका श्रमजीवी हातहरुको पसिना सिञ्चित हुने हो भने कुनै दिन कर्णाली प्रदेश समृद्ध बन्नेछ भन्ने कुराको सन्देश विश्वभर पु¥याउन चाहन्छौं ।’ ‘आफ्नै कला, संस्कृति बचाउँदै प्रकृतिका अनुपम उपहारको उचित परिचालन गर्न सक्यौं भने दरिद्रताको यो अवस्था छिट्टै इतिहास बन्नेछ,’ थापाको भनाइ छ, ‘कर्णाली प्रदेश, जो समृद्ध नेपाल बनाउने अभियानमा महत्वपूर्ण बन्न सक्छ । किनकी यो प्रदेश कला, संस्कृति, भाषा, साहित्य र प्राकृतिक मनोरमको केन्द्र हो ।’